×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पालुङटार नगरसभाबाट नीति, कार्यक्रम र बजेट सर्वसम्मत पारित, सुशासनलाई उच्च प्राथमिकता

  •  गोरखा समाचार
  • सोमबार, असार २२, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । पालुङटार नगरपालिकाको १९औँ नगरसभा सम्पन्न भएको छ । नगर प्रमुख विवस चिन्तनको अध्यक्षतामा आइतबार नगरपालिका सभा हलमा सम्पन्न नगरसभाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तथा वार्षिक बजेटमाथि व्यापक छलफल गरी सर्वसम्मत रूपमा पारित गरेको पालुङटार नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाका अनुसार सभाबाट आर्थिक विधेयक, २०८३ र विनियोजन विधेयक, २०८३ समेत स्वीकृत गरिएको छ । साथै स्थानीय सरकार सञ्चालन तथा व्यवस्थापनसँग सम्बन्धित आवश्यक कानुनी व्यवस्थालाई थप सुदृढ बनाउन विभिन्न विधेयकहरू पारित गरिएको छ ।

    नगरसभाले गत आर्थिक वर्ष २०८१/०८२ को यथार्थ आय–व्यय, चालु आर्थिक वर्ष २०८२/०८३ को संशोधित आय–व्यय अनुमान तथा आगामी आर्थिक वर्ष २०८३/०८४ को आय–व्यय अनुमान र मध्यमकालीन खर्च संरचनालाई अनुमोदन गरेको छ । चालु आर्थिक वर्षमा नगर कार्यपालिकाबाट भएका निर्णयहरूलाई समेत सभाले अनुमोदन गरेको नगरपालिकाले जनाएको छ ।

    स्वीकृत कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि वार्षिक खरिद योजना, कार्यान्वयन कार्ययोजना, लागत अनुमान, ठेक्का प्रक्रिया तथा उपभोक्ता समिति गठनसम्बन्धी कार्यतालिका पारित गरिएको छ । चालु आर्थिक वर्षमा सम्पन्न हुन नसकेका योजना तथा कार्यक्रमलाई आवश्यकताअनुसार आगामी आर्थिक वर्षमा दायित्व सार्ने निर्णय पनि गरिएको छ ।

    नगरसभाले करार सेवामा कार्यरत कर्मचारीहरूको आवश्यकताअनुसार करार अवधि थप गर्ने, तलब प्रतिवेदन स्वीकृत गर्ने, नेपाल सरकारको निर्णयअनुसार तलब समायोजन लागू गर्ने तथा प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । बैठक भत्ता, तालिम, गोष्ठी, सञ्चार तथा अन्य कार्यक्रम सञ्चालनसम्बन्धी खर्चका मापदण्डहरू समेत स्वीकृत भएका छन् ।

    आयोजनाहरूको प्रभावकारी अनुगमन तथा सुपरीवेक्षणका लागि नगरस्तरीय तथा वडास्तरीय अनुगमन समिति गठन गर्ने निर्णय गरिएको छ । साथै सडक, भवन, सीसी क्यामेरा र सडकबत्ती लगायतका आयोजनाको नियमित गुणस्तर परीक्षण (ल्याब टेस्ट) गर्ने व्यवस्था लागू गरिने नगरपालिकाले जनाएको छ ।

    सुशासन, सेवा प्रवाह तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै प्लास्टिक झोला प्रयोग नियन्त्रण गर्ने, कार्यसम्पादन सम्झौता तथा दण्ड–प्रोत्साहन प्रणाली लागू गर्ने, बेरुजु फछ्र्योटलाई प्राथमिकता दिने, सरकारी तथा सार्वजनिक भवनको बीमा गर्ने र भवन निर्माणलाई भवन संहिता तथा मापदण्डअनुसार कार्यान्वयन गर्ने निर्णय पनि नगरसभाबाट भएको छ ।

    नगरपालिकाका विभिन्न विषयगत समितिहरूका प्रतिवेदनहरू पारित गरिनुका साथै विधायन समिति, लेखा समिति, सुशासन समिति, न्यायिक समिति तथा वन तथा वातावरण समितिका प्रतिवेदनहरू छलफलसहित अनुमोदन गरिएको छ ।

    कर्मचारी प्रोत्साहन तथा पुरस्कारसम्बन्धी मापदण्डअनुसार उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णयलाई पनि सभाले अनुमोदन गरेको छ । स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कनमा पालुङटार नगरपालिकाले प्राप्त गरेको ८७ दशमलव ७५ अंकलाई अनुमोदन गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह, पारदर्शिता, उत्तरदायित्व तथा विकास निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरिएको पालुङटार नगरपालिकाले जनाएको छ ।

    नगर प्रमुख विवस चिन्तनले नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेटको प्रभावकारी कार्यान्वयनमार्फत सुशासन, दिगो विकास, आर्थिक समृद्धि तथा नागरिकमैत्री सेवा प्रवाहलाई थप सुदृढ बनाउँदै पालुङटार नगरपालिकाको समग्र विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको नगरपालिकाले जनाएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, असार २२, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.