गाेरखा । गाेरखा बसपार्कबाट उद्वार गरिएकाे रगुवा मृगलाई सामुदायिक बनमा छाडिएकाे छ ।
आज मंगलबार बिहान अचानक बसपार्कमा देखिएकाे रतुवा मृगलाई डिभिजन बन कार्यालयले उद्वार गरेर सामुदायिक बनमा छाडिएकाे डिभिजन बन प्रमुख मदनमाेहन शाण्डियले बताए ।
जगलबाट भाैतारिए बजार छिरेकाे उक्त मृगलाई डिभिजन बन कार्यालयकाे बन रक्षककाे टाेलीले सुन पसलबाट उद्वार गरेर नजिकैकाे सामुदायिक बनमा छाडिएकाे हाे ।
नालामा कुकुर फसेकाे जस्ताे लागेर फलामकाे जाली खाेल्दा मृग उफ्रिएर मेराे तरकारी पसलमा पस्याे ब्यापारी बावुराम श्रेष्ठले भने, समात्न खाेज्दा अगाडी रहेकाे सेन्चुरी सुनचाँदी पसलमा पस्याे । बन कार्यालयमा खबर गरेर समातेर पठायाै उनले भने ।
सुन पसलमा पस्नासाथ सटर बन्द गरेर बनका कार्मचारीहरुलाई खवर गरेर उद्वार गरीएकाे ब्यापारी श्रेष्ठले जानकारी दिए ।




















