×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बाइडेन भने ट्रम्प ‘लुजर’ हुन्

  •  गोरखा समाचार
  • मङ्गलबार, असार १६, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार एक गाला कार्यक्रममा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि तीव्र राजनीतिक हमला गरेका छन् ।

    वासिङ्टन डीसीमा ट्रम्पले अघि सारेका योजनाहरूलाई आधार बनाउँदै बाइडेनले आफ्ना उत्तराधिकारी ट्रम्पलाई ‘लुजर’ (हरुवा) को संज्ञा दिएका हुन् ।

    मेरिल्यान्डको ह्यानोभरमा आयोजित डेमोक्रेटिक पार्टीको आर्थिक सङ्कलन कार्यक्रममा बोल्दै बाइडेनले ट्रम्पको १० मिनेट लामो कडा आलोचना गरे । उनले ह्वाइट हाउसमा बलरुम निर्माण गर्ने ट्रम्पको योजना र सहरको रिफ्लेक्टिङ पुल जीर्णोद्धारमा अपनाइएको प्रवृत्तिको विशेष विरोध गरे । बाइडेनको यो अभिव्यक्तिलाई अहिलेसम्मकै सबैभन्दा सिधा र तिखो प्रहारका रूपमा हेरिएको छ ।

    कार्यक्रममा बाइडेनले ट्रम्पका योजनाहरूमाथि व्यङ्ग्य गर्दै भने, ‘यो उनको घमण्डी योजना मात्र होइन, आफ्नै बलरुमका लागि ठाउँ बनाउन ह्वाइट हाउसको इस्ट विङ भत्काउनु, केनेडी सेन्टरमा आफ्नो नाम राख्नु, आफ्नै सम्मानमा एउटा भ्यू–टावर (आर्च) बनाउनु र रिफ्लेक्टिङ पुल मर्मत गर्न आफ्नै मान्छे नियुक्त गर्नेसम्मका काम हुन् ।’

    उनले थपे, ‘ओहो ! कस्तो लुजर।’

    बाइडेनले जोन एफ केनेडी सेन्टर फर द पर्फर्मिङ आर्ट्सको अगाडि ट्रम्पले आफ्नो नाम थप्न गरेको प्रयासलाई सन्दर्भ बनाएका थिए, जसलाई पछि अदालतले हटाउन आदेश दिएको थियो । बलरुमको सवालमा भने ट्रम्पले इस्ट विङको केही भाग भत्काएर नयाँ संरचना बनाउने आफ्नो ४० करोड डलरको योजनाको बचाउ गर्दै आएका छन् । ट्रम्पका अनुसार राष्ट्रिय सुरक्षा र राजकीय पाहुनाहरूको स्वागतका लागि यो आवश्यक छ ।

    यसैगरी अमेरिकी राष्ट्रपति ट्रम्पले लिङ्कन मेमोरियल रिफ्लेक्टिङ पुलको रङ परिवर्तन र जीर्णोद्धारका लागि १ करोड ४७ लाख डलर खर्च गरेका थिए । यो प्रयासपछि पुलमा लेउ जम्ने र अन्य समस्याहरू देखिएका कारण विवाद सुरु भएको थियो । यस विषयमा ट्रम्प र अमेरिकी राष्ट्रिय निकुञ्ज सेवाले भने भौतिक तोडफोडलाई दोष दिएका छन् ।

    बाइडेनले सन् २०२१ मा अमेरिकी क्यापिटल हिलमा आक्रमण गर्ने ट्रम्पका समर्थकहरूको बचाउ गरेकोमा पनि आपत्ति जनाए । अमेरिकी सञ्चारमाध्यमका अनुसार बाइडेनले भने, ‘मलाई रिस त यसमा उठ्छ कि ट्रम्प करदाताहरूको पैसा, अर्थात् तपाईंको पैसा जनवरी ६ का दङ्गाकारीहरूलाई दिन चाहन्छन् ।’ बाइडेनको यो टिप्पणी ट्रम्प प्रशासनले हालै गरेको त्यो प्रयासतर्फ लक्षित थियो, जसमा सरकारद्वारा अन्यायपूर्ण रूपमा निशाना बनाइएको दाबी गर्ने व्यक्तिहरूलाई क्षतिपूर्ति दिने प्रक्रिया अघि सारिएको थियो, तर पछि एक न्यायाधीशले त्यसलाई खारेज गरिदिएका थिए ।

    ट्रम्पले बाइडेनको यो टिप्पणीको सिधा जवाफ नदिए पनि गत महिना आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा बाइडेनलाई ‘भ्रष्ट राजनीतिज्ञ’ को संज्ञा दिएका थिए । सोमबार पनि अर्को एउटा असान्दर्भिक विषयको पोस्टमा ट्रम्पले आफ्ना पुराना प्रतिद्वन्द्वीका लागि प्रयोग गरिने उपनाम ‘स्लिपी जो बाइडेन’ दोहोर्‍याए ।

    बाइडेनको यो टिप्पणी सन् २०२४ को राष्ट्रपतीय निर्वाचनअघि ट्रम्पसँग भएको त्यो निराशाजनक डिबेटको ठीक २ वर्षपछि आएको हो, जसले बाइडेनको राजनीतिक यात्राको दिशा नै बदलिदिएको थियो । उक्त बहसको फितलो प्रदर्शनपछि डेमोक्रेटिक पार्टीका प्रमुख सदस्यहरूले बाइडेनलाई चुनावी मैदानबाट हट्न दबाब दिएका थिए, जसका कारण उपराष्ट्रपति कमला ह्यारिसले उनको ठाउँ लिएकी थिइन् । तर अन्ततः त्यो चुनावमा ह्यारिस ट्रम्पसँग पराजित भएकी थिइन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, असार १६, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.