×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

इरानद्वारा बहराइन र कुवेतमा रहेकाे अमेरिकी अखडामा ड्रोन तथा मिसाइल प्रहर

  •  गोरखा समाचार
  • आइतबार, असार १४, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । अमेरिकी हवाई आक्रमणको प्रतिकारस्वरूप इरानको रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले आइतबार बहराइन र कुवेतलाई लक्षित गर्दै ड्रोन तथा मिसाइल आक्रमण गरेको जनाएको छ । साथै, अमेरिकाले सैन्य कारबाही जारी राखेमा युद्ध अन्त्यका लागि भइरहेका वार्ताहरू पूर्ण रूपमा रोक्न सकिने चेतावनी पनि दिएको छ ।

    अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)ले आइतबार बिहान इरानका निगरानी प्रणाली, सञ्चार पूर्वाधार, हवाई प्रतिरक्षा प्रणाली, ड्रोन भण्डारण केन्द्र तथा बारुद बिछ्याउने क्षमतासम्बन्धी संरचनामाथि हवाई आक्रमण गरेको थियो ।

    यसको प्रतिकारमा इरानले कुवेत र बहराइनमाथि आक्रमा गर्यो । कुवेतको सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले इरानबाट प्रक्षेपित ड्रोन र मिसाइलहरू खसालेको जनाएको छ । क्षतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

    कुवेतमा अमेरिकी सेनाको महत्वपूर्ण सैन्य अड्डा छ । बहराइनको विदेश मन्त्रालयले इरानको आक्रमणलाई राज्यको सार्वभौमिकता र नागरिक सुरक्षामाथिको योजनाबद्ध आक्रमण भन्दै कडा निन्दा गरेको छ । बहराइनमा अमेरिकी नौसेनाको फिफ्थ फ्लिटको मुख्यालय रहेको छ ।

    इरानी रिभोलुसनरी गार्डले दुवै आक्रमणको जिम्मेवारी लिँदै कुवेतस्थित अल असद एयर बेसलाई निशाना बनाइएको दाबी गरेको छ । ‘यदि युद्धविराम फेरि उल्लंघन गरियो भने चलिरहेका सम्पूर्ण वार्ता र प्रक्रियाहरू पूर्ण रूपमा रोकिनेछ,’ चेतावनी दिँदै आईआरजीसीले भनेको छ ।

    यसैबीच, अमेरिकी नौसेनाको निगरानीमा रहेको बहुराष्ट्रिय समुद्री सुरक्षा निकायले स्ट्रेट अफ होर्मुजनजिक ओमानको समुद्री मार्ग विस्तार गर्ने निर्णय गरेको छ, जसले इरानसँगको तनावलाई थप चर्काउने संकेत दिएको छ ।

    अमेरिका र इरानबीच भएको अन्तरिम सहमतिअनुसार विश्वको महत्वपूर्ण तेल तथा प्राकृतिक ग्यास आपूर्ति मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा जहाजहरूको नियमित आवतजावत पुनः सञ्चालन गर्ने सहमति भएको थियो । तर, इरानले उक्त मार्गमा दुई पटक जहाजमाथि आक्रमण गर्दै जलमार्गको नियन्त्रण आफूले गर्नुपर्ने अडान दोहोर्‍याएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, असार १४, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.