×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

जापानमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प

  •  गोरखा समाचार
  • बिहिबार, असार ११, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । जापानको उत्तरी तटीय क्षेत्रमा बिहीबार बिहान मानिसहरूको आवतजावत बढी हुने व्यस्त समयमा एक शक्तिशाली भूकम्प गएको छ। जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प शक्तिशाली भए पनि यसबाट सुनामी आउने कुनै खतरा भने छैन ।

    इवाते प्रान्तको पूर्वी तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको उक्त भूकम्पको तीव्रता सुरुमा ६.९ म्याग्निच्युड मापन गरिए पनि पछि परिमार्जन गर्दै ७.२ म्याग्निच्युड रहेको जनाइएको छ ।

    यो भूकम्प जमिनको सतहबाट करिब ५० किलोमिटर (३० माइल) गहिराइमा गएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले पनि सो भूकम्प रेकर्ड गर्दै यसको तीव्रता ६.९ म्याग्निच्युड रहेको उल्लेख गरेको छ ।

    पछिल्ला महिनाहरूमा यस क्षेत्रमा लगातार शक्तिशाली भूकम्पहरू गइरहेका छन् । यसअघि गत डिसेम्बर महिनामा पनि यही क्षेत्रमा गएको भूकम्पका कारण हप्तादिन लामो ‘मेगा-भूकम्प’ को पूर्वसतर्कता चेतावनी जारी गरिएको थियो ।

    जापानको अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीका अनुसार यो भूकम्पका कारण देशका उत्तरी प्रान्तहरू ओमोरी र इवातेमा गरी कम्तीमा ८ जना घाइते भएका छन् ।

    घाइते हुनेहरूमा धेरैजसो लडेर वा माथिबाट खसेका वस्तुहरूले लागेर चोटपटक लागेका मानिसहरू छन् । जापानी सञ्चारमाध्यमहरूका अनुसार कसैको पनि ज्यान जाने गरी गम्भीर चोट लागेको रिपोर्ट भने आएको छैन ।

    भूकम्पको धक्का राजधानी टोकियोसम्म पनि सामान्य रूपमा महसुस गरिएको थियो । भूकम्प लगत्तै जापानी प्रधानमन्त्री सानाए ताकाइचीले पत्रकारहरूसँग कुरा गर्दै आफ्नो सरकारको आकस्मिक टोलीले ‘नागरिकको जीवनलाई पहिलो प्राथमिकतामा राखेर’ काम गरिरहेको बताएकी छन् ।

    उनले अहिले भूकम्पको क्षतिको विवरण संकलन भइरहेको र आवश्यकता अनुसार उद्धार तथा राहत कार्यका लागि सम्पूर्ण तयारी पूरा गरिएको जानकारी दिइन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, असार ११, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.