×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गाेरखाकाे पालुङटार नपाले ७९ करोड ७९ लाख ७९ हजार रुपैयाँको बजेट सार्वजनिक

  •  गोरखा समाचार
  • बुधबार, असार १०, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ७९ करोड ७९ लाख ७९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकाे छ ।

    नगरपालिकाको हिजाे भएकाे १९औँ नगरसभामा उपप्रमुख वन्दना पाण्डेले प्रस्तुत गरेको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगारी सिर्जना, सामाजिक सुरक्षा र सुशासन तथा वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखिएको छ ।

    प्रस्तावित बजेटअनुसार संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान र राजस्व बाँडफाँटबाट ६५ करोड २० लाख ३४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

    त्यसैगरी गण्डकी प्रदेश सरकारबाट ४ करोड ६७ लाख ४५ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ । नगरपालिकाले आन्तरिक आयतर्फ ४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ भने ६ करोड रुपैयाँ मौज्दात रकम पनि बजेटमा समावेश गरिएको छ ।

    नगरपालिकाले आगामी वर्ष कृषि तथा पशुपालन क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । कृषि उत्पादनको बजारीकरण, कृषि एम्बुलेन्स सञ्चालन, सुन्तला तथा रैथाने बाली प्रवर्द्धन, भूमि बैंक स्थापना तथा दूध उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । किसानलाई दूध उत्पादनमा प्रतिलिटर ३ रुपैयाँ अनुदान उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

    शिक्षा क्षेत्रमा ३१ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको छ । एसईई लक्षित छात्रावास कार्यक्रम, नगरस्तरीय परीक्षा सञ्चालन, विद्यार्थी दुर्घटना बीमा, विपन्न विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ ।

    त्यसैगरी स्वास्थ्य क्षेत्रका लागि ८ करोड ९७ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ । गाईखुर स्वास्थ्य चौकीलाई नगरस्तरीय आधारभूत अस्पतालका रूपमा सञ्चालन गर्ने, निःशुल्क औषधि वितरणलाई निरन्तरता दिने, विशेषज्ञ चिकित्सकसहित घुम्ती स्वास्थ्य सेवा सञ्चालन गर्ने तथा गरिब बिरामीसँग नगरपालिका कार्यक्रमलाई निरन्तरता दिने व्यवस्था बजेटमा गरिएको छ ।

    नगरपालिकाले २०८३ चैतभित्र पालुङटारलाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने लक्ष्य समेत लिएको छ । यसका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

    ‘समाजवादको आधार निर्माणको अभियान, सुन्दर र समृद्ध पालुङटार हाम्रो शान’ भन्ने नारासहित प्रस्तुत बजेटले कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र दिगो पूर्वाधार निर्माणमार्फत नगरवासीको जीवनस्तर सुधार गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, असार १०, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.