×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अमेरिका र इरानबिचको पहिलो चरणको वार्ता उत्साहजनक

  •  गोरखा समाचार
  • सोमबार, असार ०८, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । युद्ध अन्त्यका लागि अन्तिम सम्झौतामा पुग्न अमेरिका र इरानबिच स्विट्जरल्यान्डमा भएको पहिलो चरणको वार्ता ‘उत्साहजनक प्रगति’ का साथ सम्पन्न भएको छ ।

    मध्यस्थकर्ता मुलुकहरू कतार र पाकिस्तानले सोमबार एक संयुक्त विज्ञप्ति जारी गर्दै दुवै पक्ष ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने गरी एउटा ‘मार्गचित्र’ तयार गर्न उच्च स्तरीय समिति गठन गर्न सहमत भएको जनाएका छन् ।

    गत हप्ता २ देशबिच भएको प्रारम्भिक सहमतिपछि आइतबारदेखि स्विस सहर लुसर्नमा यो वार्ता सुरु भएको हो । प्राविधिक विषयका छलफलहरू यस हप्ताभरि जारी रहने बताइएको छ ।

    वार्तामा सहभागी एक अमेरिकी कूटनीतिज्ञका अनुसार छलफल मुख्य गरी स्ट्रेट अफ होर्मज खुला गर्ने र लेबनानमा युद्धविराम लागू गर्ने विषयमा इरानको तर्फबाट आएका अस्पष्ट सन्देशहरूलाई प्रस्ट पार्नमा केन्द्रित थियो । व्यापारिक जहाजहरूको सुरक्षित आवतजावतका लागि र असमझदारी न्यूनीकरण गर्न दुवै पक्ष एउटा ‘सञ्चार लाइन’ बनाउन सहमत भएका छन् ।

    यसका साथै इरानको आणविक कार्यक्रमका विषयमा पनि प्रारम्भिक छलफल भएको छ । अमेरिकाले इरानले क्षेत्रीय अस्थिरता फैलाउन छाडे र आणविक हतियारको महत्त्वाकाङ्क्षा त्यागेमा सम्बन्धलाई पूर्ण रूपमा बदल्न तयार रहेको बताएको छ भने इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण रहेको दाबी दोहोर्‍याएको छ ।

    वार्तामा अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका छन् भने इरानको नेतृत्व मुख्य वार्ताकार मोहम्मद बगेर गालिबाफले गरेका छन् । वार्ता चलिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै इरानले लेबनानमा आफ्ना ‘प्रोक्सी’ हिजबुल्लाहलाई तत्काल रोक्नुपर्ने र नरोके कडा प्रहार गर्ने चेतावनी दिएका थिए ।

    यसको जवाफमा इरानी वार्ताकार गालिबाफले ‘धम्कीले काम गर्ने भए अमेरिका आज यस्तो निराशाजनक अवस्थामा हुने थिएन’ भन्दै कटाक्ष गरेका छन् । लेबनानमा सैन्य कारबाही रोक्नका लागि वार्तामा लेबनान सरकार समेत सम्मिलित एउटा विशेष कक्ष बनाउने सहमति भएको छ ।

    पछिल्लो समय इजरायल र हिजबुल्लाहबिच लडाइँ बढेपछि इरानले होर्मुज जलमार्ग बन्द गरेको घोषणा गरेको थियो । तर, समुद्री ट्र्याकिङ डेटाले भने त्यहाँबाट जहाजहरूको आवतजावत अझै जारी रहेको देखाएको छ ।

    यसअघि अमेरिका र इरानका राष्ट्रपतिले हस्ताक्षर गरेको प्रारम्भिक सम्झौतामा इरानलाई पुनर्निर्माणका लागि ३०० अर्ब डलर दिने र प्रतिबन्धहरू फुकुवा गर्ने उल्लेख थियो । इजरायलले इरानसँगको युद्ध गत फेब्रुअरी २८ देखि सुरु भएको र हिजबुल्लाहसँगको लडाइँ यसभन्दा फरक रहेको दाबी गर्दै लेबनानबाट आफ्ना सैनिकहरू तत्काल फिर्ता नहुने अडान राखेको छ । लेबनानमा गत मार्च २ देखि यता ४ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, असार ०८, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.