×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • ११ घण्टा अघि

आज कुशे औँसी
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १५ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा बजारको गोरक्षनाथ आश्रम यही बर्ष सञ्चालनमा आउने

  •  गोरखा समाचार
  • शुक्रबार, असार ०५, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा सदरमुकाममा निर्माधिन गोरक्षनाथ आश्रम यसै बर्ष सञ्चालनमा आउने भएको छ ।

    निर्माधिन उक्त आश्रम आउदो माघ वा फागुनमा सञ्चालनमा ल्याउने तयारी गरिएको गोरक्षनाथ अश्रामका अध्यक्ष होम सिं बस्न्यातले बताए ।

    ‘अहिलेसम्म आश्रमको संरचनाको ७० प्रतिशत काम सम्पन्न भई रहेको छ’ उनले भने ‘बाँकी काम तत्कालै सकेर माघ वा फागुन महिना भित्र सञ्चालनमा ल्याउछौ ।’

    आश्रमको परिषमा अहिले गोरखानाथको मन्दिरको काम अन्तिम चरण पुगेको छ । शिखर शैलीमा निर्माण गरिएको मन्दिरमा मुर्ति राखेर प्राण प्रतिष्ठा गरेर सञ्चालनमा ल्याउने गरी काम भइरहेको अध्यक्ष बस्न्यातले जानकारी दिए ।

    मन्दिर निर्माणमा सम्पन्न हुदासम्म करिब २ करोड रुपैयाँ खर्च हुने पनि उनले बताए । ‘हामीले स्थानिय, प्रदेश र संघ सरकार बाहेक अन्य ब्यत्ती तथा संघ संस्था संग नगद लिएका छैनौ । ब्यत्ती तथा संंघ संस्थाले भौतिक सामाग्री खरिद गरेर आश्रमलाई प्राप्त भएको छ’ उनले भने ।

    अध्यक्ष बस्न्यातका अनुसार मन्दिर निर्माणका लागि ब्यत्ती तथा संघ संस्थाबाट सिमेन्ट, मुर्ति, जगुर तथा ईट्टा जस्ता सामाग्री प्राप्त भएको छ ।

    मन्दिरको मुल द्वारमा हनुमानको मुर्ति राख्ने काम, आगनमा मार्वल ओछ्याउने, पूजारी बस्ने घर र चौरासी आसनका मुर्तिहरु राख्ने काम बाँकी रहेको छ । त्यस्तैगरी, मन्दिरसम्म पुग्ने सिडीको काम बाँकी रहेकाले केही महिना भित्रै काम सम्पन्न गरेर सञ्चालनमा ल्याउने अध्यक्ष बस्न्यातले बताए ।

    गोरखा नगरपालिका–९ को आहाल डाँडा रहेको १ हजार ४१७ रोपनी धार्मिक बन मध्य आश्रम सञ्चालनको लागि ४१७ रोपनी जमिन भोगाधिकारको अधिकार पाएको छ ।

    भोगाधिकार पाएको जमिन भित्र ध्यान केन्द्र, स्थानिय जातका गौशाला, धर्मशाला, प्रबचन कक्ष निर्माण हुने छ भने गुरुकुल समेत सञ्चालनमा ल्याउने गरी आश्रमले तयारी थालेको छ ।

    आश्रम सञ्चालनको लागि राजधानीमा रहेको गोरक्षनाथ कल्याण केन्द्रको विशेष सहयोग समेत अध्यक्ष बस्न्यातले जानकारी दिए ।

     

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, असार ०५, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.