×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५४ मिनेट अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ३ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ३ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
  • १ दिन अघि

उत्कृष्ट नेपाली विद्यार्थीलाई पाकिस्तानी दूतावासको छात्रवृत्ति

  •  गोरखा समाचार
  • बिहिबार, असार ०४, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । नेपालस्थित पाकिस्तानी दूतावासले आज काठमाडौंको आलोफ्ट होटलमा आयोजित १४औँ वार्षिक ‘पाकिस्तानका राजदूत छात्रवृत्ति वितरण समारोह’ मार्फत २०० भन्दा बढी उत्कृष्ट नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

    कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाश्मी प्रमुख अतिथिका रूपमा सहभागी भई देशभरका विभिन्न विद्यालयबाट शैक्षिक योग्यता र आर्थिक अवस्थाका आधारमा छनोट गरिएका उच्च माध्यमिक तहका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका थिए ।

    पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाहको १५०औँ जन्मजयन्तीको अवसरमा विशेष सम्मानस्वरूप त्रिभुवन विश्वविद्यालय अन्तर्गत वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसकी छात्रा प्राप्ति लाम्साललाई यस वर्षको छात्रवृत्ति प्राप्तकर्तामध्ये उत्कृष्ट प्रदर्शन गरेको भन्दै ल्यापटप प्रदान गरिएको थियो ।

    समारोहलाई सम्बोधन गर्दै राजदूत हाश्मीले छात्रवृत्ति कार्यक्रम केवल आर्थिक सहयोग मात्र नभई नेपालको उज्ज्वल भविष्यप्रति सम्मान र लगानी भएको बताए । उनले विद्यार्थीलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित (एसटीईएम), स्वास्थ्य, जैविक विज्ञान, नवप्रवर्तन, कूटनीति, वित्तीय साक्षरता तथा समालोचनात्मक सोचजस्ता क्षेत्रमा दक्षता विकास गर्न आग्रह गरे ।

    राजदूत हाश्मीले पाकिस्तानले नेपालमा प्राथमिक तथा उच्च माध्यमिक तहका विद्यार्थीका लागि छात्रवृत्ति, पाकिस्तानमा उच्च शिक्षाका अवसर तथा नेपाली विद्यालयहरूलाई सूचना प्रविधि, खेलकुद, उदार कला र एसटीईएम शिक्षामा संस्थागत सहयोग प्रदान गर्दै आएको जानकारी दिए ।

    सन् २०१३ मा सुरु गरिएको ‘पाकिस्तानका राजदूत छात्रवृत्ति कार्यक्रम’ नेपालमा सञ्चालन हुने प्रतिष्ठित विदेशी छात्रवृत्ति कार्यक्रममध्ये एकका रूपमा स्थापित भएको छ । यस कार्यक्रममार्फत हालसम्म हजारौँ नेपाली विद्यार्थीले शैक्षिक उत्कृष्टता हासिल गर्न सहयोग प्राप्त गरेका छन् ।

    समारोहमा विद्यार्थी, शिक्षक, अभिभावक तथा शिक्षा र सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

    लेखकबाट थप:

    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
    • चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    बिहिबार, असार ०४, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • २. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ५. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ६. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    • ७. धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. शायद गाउँ सुनसान भएछ !

    • ४. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ५. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.