एजेन्सी । अमेरिका र इरानले आफ्नो युद्ध अन्त्य गर्ने सम्झौताको अन्तरिम पाठ बुधबार सार्वजनिक गरेका छन् ।
अधिकारीहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियान दुवैले यस समझदारी पत्र (एमओयू) मा डिजिटल हस्ताक्षर गरिसकेका छन् । इरानको परराष्ट्र मन्त्रालयले यो सम्झौता बुधबारदेखि नै लागू भइसकेको जनाएको छ ।
रोयटर्सका अनुसार सम्झौताका प्रमुख ६ बुँदाहरू :
१. लेबनानसहित सबै मोर्चामा तत्काल युद्ध अन्त्य गरिने ।
२. हर्मुज जलडमरूमध्ये (स्ट्रेट अफ होर्मुज) मा समुद्री आवतजावत पूर्णरूपमा सुचारु गरिने ।
३. इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नाकाबन्दी हटाइने ।
४. अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्धहरू फुकुवा गर्ने र रोक्का गरिएका सम्पत्तिहरू खुला गर्ने ।
५. इरानको आर्थिक पुनर्स्थापनाका लागि ३०० अर्ब अमेरिकी डलरको योजना लागू गर्ने ।
६. इरानले परमाणु हतियार निर्माण नगर्ने आफ्नो दशकौँ पुरानो प्रतिबद्धतालाई पुन: दोहोर्याउने ।




















