×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • ११ घण्टा अघि

आज कुशे औँसी
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १५ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भारतकाे गुजरातमा रहेकाे जामनगरमा एआई डाटा सेन्टर बन्दै

  •  गोरखा समाचार
  • बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग विश्वभर तीव्र रूपमा बढिरहेका बेला फेसबुकको मातृ कम्पनी मेटा र भारतको रिलायन्स इन्डस्ट्रिजले गुजरातको जामनगरमा एआई–सक्षम डाटा सेन्टर बनाउने सम्झौता गरेका छन् ।

    यो मेटाको भारतमा बन्न लागेको पहिलो एआई–केन्द्रित डाटा सेन्टर हुनेछ । दुवै कम्पनीले हिजो सार्वजनिक गरेको जानकारीअनुसार यो डाटा सेन्टरले जेनेरेटिभ एआई सेवा सञ्चालनका लागि आवश्यक उच्च क्षमताको कम्प्युटिङ पूर्वाधार उपलब्ध गराउनेछ ।

    भारतमा डिजिटल सेवा, क्लाउड कम्प्युटिङ र एआईको माग तीव्र रूपमा बढ्दै गएपछि यस्तो लगानी गरिएको हो । रिलायन्सले आउँदो २ वर्षभित्र १६८ मेगावाट क्षमताको डाटा सेन्टर निर्माण गर्नेछ । मेटाले त्यसबाट आवश्यक कम्प्युटिङ क्षमता भाडामा लिएर आफ्ना एआई सेवा सञ्चालन गर्नेछ ।

    मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले यो साझेदारीलाई भारतमा कम्पनीको पहिलो एआई–सक्षम डाटा सेन्टर निर्माणको महत्त्वपूर्ण कदम भएको बताएका छन् । १ अर्बभन्दा बढी इन्टरनेट प्रयोगकर्ता रहेको भारतमा डाटा भण्डारण, क्लाउड सेवा र एआई प्रविधिको माग तीव्र रूपमा बढिरहेको छ ।

    त्यसैले विश्वका ठूला प्रविधि कम्पनीहरू र भारतीय उद्योग समूहहरूले डाटा सेन्टर क्षेत्रमा ठूलो लगानी गरिरहेका छन् । यसअघि गुगल र अमेजनले पनि भारतमा आफ्ना क्लाउड पूर्वाधार विस्तार गरिसकेका छन् ।

    विश्लेषकहरूका अनुसार मेटा–रिलायन्सको यो परियोजनाले भारतलाई विश्वव्यापी एआई र डिजिटल पूर्वाधारको प्रतिस्पर्धामा अझ बलियो स्थान दिलाउन मद्दत गर्नेछ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.