×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

इरानद्वारा २१ वटाभन्दा बढी अमेरिकी सैन्य लक्ष्यमा आक्रमण

  •  गोरखा समाचार
  • बुधबार, जेठ २७, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । इरान र संयुक्त राज्य अमेरिकाबिचको सैन्य तनाव पुन: एकाएक चुलिएको छ ।

    स्ट्रेट अफ होर्मुजमा रहेका आफ्ना बन्दरगाह र टापुहरूमा अमेरिकी सेनाले गरेको आक्रमणको बदलास्वरूप इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा जवाफी हमला गरेको हो ।

    इरानको राज्य नियन्त्रित सञ्चारमाध्यमले बुधबार सार्वजनिक गरेको आईआरजीसीको विज्ञप्तिअनुसार इरानी सेनाले बहराइनमा तैनाथ अमेरिकी पाँचौँ नौसैनिक फ्लिटका साथै कुवेतको अली अल सालेम सैन्य बेसमा ड्रोन आक्रमण गरेको हो । यसका साथै जोर्डनको अजराकमा रहेको वायुसेनाको अखडालाई लक्षित गरी लामो दुरीको मिसाइल प्रहार गरिएको इरानले जनाएको छ ।

    आफ्नो कारबाहीका क्रममा २१ वटा अमेरिकी सैन्य लक्ष्यहरूलाई निशाना बनाएको र त्यसमध्ये ४ वटालाई पूर्ण रूपमा ध्वस्त पारेको इरानको दाबी छ । ध्वस्त पारिएका संरचनाहरूमा जोर्डनको सैन्य बेसमा रहेको अमेरिकी आधुनिक ‘एफ–३५’ लडाकु विमानको ह्याङ्गर समेत समावेश रहेको इरानले उल्लेख गरेको छ ।

    यसैगरी, इरानी सहर जामको आकाशमा उडिरहेको अमेरिकाको अत्याधुनिक ‘एमक्यू–९’ ड्रोनलाई समेत आफूहरूले सफलतापूर्वक खसालेको आईआरजीसीले दाबी गरेको छ । यो भर्खरैको सैन्य टकराव मंगलबार अमेरिकी अपाचे हेलिकप्टर खसालिएको घटनाबाट सुरु भएको हो ।

    सो घटनामा इरानको हात रहेको आरोप लगाउँदै अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुज क्षेत्रमा पर्ने इरानको क्युशम टापु र तटीय क्षेत्रका बन्दरगाहहरूमा आक्रमण गरेको थियो । अमेरिकी सेनाको सोही आक्रमणको प्रतिक्रियास्वरूप इरानले यो ठुलो कदम चालेको हो । अमेरिकी हमलाका कारण इरानको सिरिक सहरमा रहेको १ वटा दूरसञ्चार टावरमा क्षति पुगेको र २ वटा पानीका ट्याङ्की ध्वस्त भएको इरानी पक्षले बताएको छ ।

    आईआरजीसीले आफ्ना सैन्य दस्ताहरू अमेरिकी सेनाको जुनसुकै कदमको ‘निर्णायक’ जवाफ दिन पूर्ण रूपमा तयार अवस्थामा रहेको चेतावनी दिएको छ । आगामी दिनमा परिस्थिति अझ बिग्रिएमा र तनाव बढेमा त्यसको सम्पूर्ण जिम्मेवारी वासिङ्टनले लिनुपर्ने इरानको भनाइ छ । यस विषयमा अमेरिकाको तर्फबाट भने अहिलेसम्म आधिकारिक रूपमा कुनै प्रतिक्रिया आइसकेको छैन ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, जेठ २७, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.