गोरखा । महिलाहरुको आय स्तर बृद्वीको लागि सरदमुकाममा ‘डल कुशन’ बनाउने तालिम प्रदान गरिएको छ ।
गोरखा उद्योग बाणिज्य संघ अन्तरर्गतको महिला उद्यमी विकास समितिको आयोजनामा ३७ जना महिलाहरुलाई तालिम दिइएको समिति सदस्य लक्ष्मी श्रेष्ठले जानाकारी दिईन ।
उनका अनुसार तालिमको लागि गोरखा नगरपालिकाले आर्थिक सहयोग गउपब्ध गराएको हो ।
जेठ २१ गते बिहीबारदेखी सुरु भएको तालिम २५ गते सोमबार सकिने भएता पनि आज मंगलबार पनि सहभागीहरुलाई तालिम प्रदान गरिएको सदस्य श्रेष्ठले जानकारी दिईन ।
तालिम अवधिभर सहभागीहरुले दर्जनौ ‘डल कुशन’ निर्माण समेत गरेका छन् । तालिममा सहभागीहरुलाई तारा शाक्यले प्रशिक्षण गराएकी थिइन ।
































