गाेरखा । राष्ट्रिय स्वतन्त्र पार्टीले आज गाेरखा सहित २९ जिल्लाकाे अधिवेशन गर्दै छ ।
हिजाे देशका विभिन्न ३६ जिल्लामा अधिवेशन भएकाे र आज गाेरखा सहित २९ जिल्लामा हुन गइरहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उमहामन्त्री बुर्लाकाेटी जिल्ला अधिवेशनका लागि गाेरखा आइपुगेका छन् । उनी संग पूर्व गृहमन्त्री सुधन गुरुङ समेत गाेरखा आइपुगेकाे रास्वपा गाेरखाले जानकारी दिएकाे छ ।
गाेरखामा आज हुन लागेकाे अधिवेशनमा जिल्ला सभापतीमा २ जनाकाे उम्मेदवारी परेकाे छ । सुर्वण राेका क्षेत्री र ध्रुव अधिकारीले सभापती पदमा उम्मेदवारी दिएकाे रास्वपा गाेरखाले जनाएका छ ।
क्षेत्री हाल सभापती हुन भने अधिकारी उपसभापती हुन ।
आज कहाँ कहाँ अधिवेशन हुदै छ त ?
कोशी प्रदेशकाे उदयपुर, सोलुखुम्बु, खोटाङ र ईलाम
मधेश प्रदेशकाे सिराहा, धनुषा, पर्सा र सर्लाही
बागमती प्रदेशकाे चितवन र ललितपुर
गण्डकी प्रदेशकाे तनहुँ, नवलपुर, गोरखा र लमजुङ
लुम्बिनी प्रदेशकाे अर्घाखाँची, रुपन्देही र प्युठान
कर्णाली प्रदेशकाे सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्ला
सुदूरपश्चिम प्रदेशकाे अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरा
संगठनको विशेष परिस्थितिका कारण बारा जिल्ला अधिवेशन भने जेठ २६ गते हुँदैछ ।
बाँकी ११ जिल्लाहरूको अधिवेशन राष्ट्रिय महाधिवेशन पश्चात् गर्नेछ ।




















