×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

इजरायली आक्रमणमा परी लेबनानी सेनाका उच्च अधिकारीको ज्यान गयाे

  •  गोरखा समाचार
  • आइतबार, जेठ २४, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । दक्षिण लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणमा लेबनानी सेनाका उच्च पदस्थ अधिकारीहरूसहित कम्तीमा १२ जनाको ज्यान गएको छ। अमेरिकाको मध्यस्थतामा २ देशबीच ससर्त युद्धविरामको सहमति भएको केही दिनमै यो घातक हमला भएको हो ।

    लेबनानी सेनाका अनुसार खर्दाली-नबातिएह सडकमा गुडिरहेको एउटा सैन्य सवारी साधनलाई निशाना बनाएर गरिएको आक्रमणमा १ जना ब्रिगेडियर जनरल, १ जना क्याप्टेन र १ जना सैनिकको ज्यान गएको छ । मारिनेहरूमा ब्रिगेडियर जनरल वसम साब्रा, क्याप्टेन एली खोरी र सैनिक हुसेन गोजाल रहेका छन् ।

    इजरायली सेनाले भने उक्त आक्रमण ‘सक्रिय युद्ध क्षेत्र’मा भएको दाबी गरेको छ । इजरायलका अनुसार युद्ध क्षेत्रमा हुने कुनै पनि आवतजावतका लागि इजरायली सेनासँग समन्वय आवश्यक पर्दछ । उसले यस घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ ।

    लेबनानी सेनाले इजरायलको यस कदमलाई ‘कुनै पनि समाधानमा पुग्ने प्रयासलाई विफल पार्ने उद्देश्यले गरिएको क्रूर र नियोजित आक्रमण’ भनेको छ । लेबनानका राष्ट्रपति जोसेफ आउनले यसलाई लेबनानी सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको ‘घोर उल्लंघन’ भन्दै कडा निन्दा गरेका छन् । त्यस्तै, प्रधानमन्त्री नवाफ सलामले यसलाई ‘जघन्य अपराध’ र सम्पूर्ण लेबनानी जनतामाथिको आक्रमणको संज्ञा दिएका छन् ।

    यसैबीच, लेबनानी सेनाका कमाण्डर जनरल रुडोल्फ हेकल आफ्ना पाकिस्तानी समकक्षी फिल्ड मार्शल असिम मुनिरसँग वार्ता गर्न पाकिस्तान प्रस्थान गरेका छन् । पाकिस्तानले हाल अमेरिका-इजरायल र इरानबीच जारी युद्ध अन्त्यका लागि मध्यस्थताको प्रयास गरिरहेको छ । लेबनानमा भइरहेको इजरायली आक्रमणलाई यो वार्ताको मुख्य एजेन्डा मानिएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, जेठ २४, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.