गाेरखा । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदबाट नेकपा एमालेका ४ जना मन्त्रीले राजीनामा दिएका छन् ।
उनीहरूले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक रूपमा राजीनामा बुझाएका हुन् ।
राजीनामा दिनेहरूमा भौतिक पूर्वाधार विकासमन्त्री ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्थी र स्वास्थ्यमन्त्री खेम सारु छन् ।
एमालेले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियुक्त गर्ने तयारी स्वरुप ४ मन्त्रीलाई राजिनामा दिन लगाएकाे हाे ।




















