गाेरखा । नेपाली कांग्रेसले भाेलीकाे लागि केन्द्रीय अनुशासन समितिको बैठक बाेलाएकाे छ ।
समितिका सचिव दिनेश थापामगरले बिहीबारका लागि बैठक आह्वान गरिएको जानकारी दिएको हो ।
बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्नेछ । बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई अनुरोध गरिएको छ ।
बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ ।




















