×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

रुसद्वारा रोमानियामा ड्रोन आक्रमण : २ जना घाइते

  •  गोरखा समाचार
  • शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2026/05/Rus-Romania-War-NEWS-2083-02-15.wav

     

    एजेन्सी । रुस–युक्रेन युद्धको क्रममा रुसी ड्रोन रोमानियाको एक आवासीय भवनमा खस्दा दुई जना घाइते भएका छन् । शुक्रबार बिहान उक्त घटना भएको रोमानियाको रक्षा मन्त्रालयले पुष्टि गरेको हो ।

    मन्त्रालयका अनुसार रुसले युक्रेनको सीमावर्ती क्षेत्रमा आक्रमण गरिरहेका बेला ड्रोन पूर्वी सहर गलाटीमा रहेको एक अपार्टमेन्ट भवनमा खसेको थियो। रोमानियाको आपतकालीन सेवा निकायले ड्रोनमा रहेको विस्फोटक पदार्थ पूर्ण रूपमा विस्फोट हुँदा भवनको १०औँ तलामा आगलागी भएको जनाएको छ । घटनापछि करिब ७० जनालाई सुरक्षित स्थानमा सारिएको थियो ।

    सामान्य चोटपटक लागेपछि दुई जनाको उपचार गरिएको थियो । रोमानियाली अधिकारीहरूका अनुसार रुसी ड्रोनका कारण रोमानियाली नागरिक प्रत्यक्ष रूपमा घाइते भएको यो पहिलो पटक हो । यसअघि पनि रुसी ड्रोनहरू रोमानियाको सीमाभित्र बारम्बार छिरेका थिए । नेटोको सदस्य राष्ट्र रोमानियाले यस घटनालाई रुसी महासंघको गम्भीर र गैरजिम्मेवार उक्साहट भनेको छ । रोमानियाको विदेश मन्त्रालयले नेटो महासचिवलाई घटनाबारे जानकारी गराउँदै एन्टी–ड्रोन क्षमता छिटो उपलब्ध गराउन आग्रह गरेको जनाएको छ ।

    ड्रोन रोमानियाली हवाई क्षेत्रमा प्रवेश गरेपछि दुईवटा एफ–१६ फाइटिङ फाल्कन लडाकु विमान परिचालन गरिएको रक्षा मन्त्रालयले जनाएको छ । ड्रोनलाई राडारमार्फत ट्र्याक गर्दै जाँदा गालाती शहरको दक्षिणी भागमा रहेको अपार्टमेन्टको छतमा खसेको र त्यसपछि आगलागी भएको मन्त्रालयले उल्लेख गरेको छ । गालाती नजिकै रहेको डेन्युब नदी रोमानिया र युक्रेनबीचको सीमा हो ।रुसले नियमित रूपमा युक्रेनका बन्दरगाहहरूमा हवाई आक्रमण गर्दै आएको छ ।

    रोमानियाली रक्षा मन्त्रालयका अनुसार सन २०२२ मा भ्लादिमिर पुटिनले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेयता रोमानियाली भूमिमा ४७ पटक ड्रोनका अवशेष फेला परिसकेका छन्, जसमध्ये १२ वटा घटना यस वर्षमात्र भएका हुन् । यसैबीच, युक्रेनभर हवाई आक्रमण सतर्कता जारी गरिएको छ ।

    दक्षिणी ओडेसा क्षेत्रमा रहेको इज्माइल बन्दरगाहमा पनि शुक्रबार बिहान ड्रोन आक्रमण भएको स्थानीय अधिकारीहरूले बताएका छन् । उता, रुसको नियन्त्रणमा रहेको पूर्वी डोनेत्स्क क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा तीन जना विद्युत् सेवा कर्मचारी मारिएको र एक जना गम्भीर घाइते भएको रुसी अधिकारीहरूले बताएका छन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.