गाेरखा । नेपाली कांग्रेसबाट निर्वाचित जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । बिहीबार एक कार्यक्रमका बीच उनले रास्वपा प्रवेश गरेको घोषणा गरेका हुन् ।
उनी २०७९ सालमा कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । यसअघि नै उनी रास्वपा प्रवेश गर्ने हल्ला चलेको भन्दै कांग्रेस जुम्लाले उनलाई स्पष्टीकरण समेत सोधेको थियो । उनले बिहीबार कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका हुन् ।
उनले आफ्नो साथमा अर्का १ जना स्वतन्त्र निर्वाचित वडा अध्यक्षलाई समेत रास्वपाकाे सदस्य बनाएका छन् । स्रोतका अनुसार, आगामी निर्वाचनमा रास्वपाबाट पुन: गाउँपालिका अध्यक्ष लड्ने तयारीसहित उनी रास्वपा प्रवेश गरेका हुन् ।
जुम्ला गुठी चाैर गाउँपालिका अध्यक्ष रास्वपा प्रवेश
जुम्ला गुठी चाैर गाउँपालिका अध्यक्ष रास्वपा प्रवेश
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















