×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

इजरायल-लेबनान बिच तनाव चर्कियो

  •  गोरखा समाचार
  • बिहिबार, जेठ १४, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । इजरायली सेनाले दक्षिणी लेबनानका विशाल क्षेत्रलाई ‘युद्ध क्षेत्र’ घोषणा गर्दै त्यहाँका बासिन्दालाई तत्काल खाली गर्न आदेश दिएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले जहरानी नदीभन्दा उत्तरतर्फ सर्न स्थानीयलाई आग्रह गर्दै हिजबुल्लाहविरुद्ध ‘अझ सशक्त सँग’ कारबाही गरिने चेतावनी दिएको हो ।

    गत अप्रिल १७ मा लागू भएको युद्धविरामपछि यो सबैभन्दा ठुलो विस्थापन आदेश मानिएको छ । यस दक्षिणी क्षेत्रले लेबनानको करिब १४ प्रतिशत भूभागलाई समेटेको बताइएको छ । इजरायलले हिजबुल्लाहले पटक–पटक युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ भने हिजबुल्लाहले उल्टै इजरायलमाथि नै युद्धविराम तोडेको आरोप लगाएको छ ।

    बुधबार इजरायली सेनाले दक्षिणी सहर टायरमा हवाई आक्रमण गरेको थियो । त्यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु ले दक्षिणी लेबनानमा जारी स्थल कारबाही थप विस्तार गरिने घोषणा गरेका थिए । उनले उत्तरी इजरायलका नागरिक तथा सीमावर्ती क्षेत्रमा रहेका इजरायली सैनिकमाथि हिजबुल्लाहले ड्रोन आक्रमण गरेपछि सैन्य अभियान तीव्र पारिएको बताएका छन् ।

    आईडीएफले पछिल्लो २४ घण्टामा ९ वटा अलग–अलग स्थान खाली गर्न चेतावनी जारी गरेको छ । यसले इजरायल–लेबनान सीमामा ठुलो सैन्य तनाव र पुनः व्यापक विस्थापनको खतरा बढाएको छ । तायर सहरका बासिन्दाले आक्रमणको त्रासबीच आफ्ना घर छाड्न थालेका छन् । स्थानीय बासिन्दा रिदाले बीबीसीसँग कुरा गर्दै ‘सबै जना डराएका छन्, मानिसहरूले सामान प्याक गरिरहेका छन्,’ भनेका छन् ।

    जहरानी नदीको दक्षिण क्षेत्रमा पर्ने करिब ३०० गाउँ तथा सहर प्रभावित भएका छन् । तीमध्ये धेरै मानिस यसअघि नै दक्षिणी लेबनानका अन्य भागबाट विस्थापित भइसकेका थिए । राहतकर्मीहरूका अनुसार राजधानी बेरुतको दक्षिणमा रहेको सिडोन सहरले थप विस्थापितलाई धान्न नसक्ने अवस्था पुगेको छ । उनीहरूले सर्वसाधारणलाई पूर्वी क्षेत्रमा पर्ने बेका उपत्यका र माउन्ट लेबनानतर्फ जान आग्रह गरेका छन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, जेठ १४, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.