×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

होर्मुज स्ट्रेटबाट हप्ता दिनमा ५४ जहाज पार भयाे

  •  गोरखा समाचार
  • बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । बेलायतस्थित समुद्री व्यापार क्षेत्रको प्रतिष्ठित प्रकाशन ‘लोयड्स लिस्ट’ का अनुसार होर्मुज स्ट्रेटबाट जहाजहरूको आवतजावत गत हप्ता उल्लेखनीय रूपमा वृद्धि भएको छ । अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्धहरू कायमै रहे पनि इरानसँग सम्बन्धित व्यापार गतिविधि बढेसँगै जलसन्धिमा जहाजको चाप देखिएको हो ।

    प्रतिवेदनका अनुसार मे ११ देखि १७ सम्मको हप्ता दिनको अवधिमा कम्तीमा ५४ वटा जहाजले होर्मुज स्ट्रेट पार गरेका छन् । यो सङ्ख्या अघिल्लो हप्ता (२५ वटा जहाज) को तुलनामा दोब्बरभन्दा बढी हो । यसले समुद्री व्यापारमा तीव्र गतिशीलता देखाएको छ ।

    यो वृद्धि मुख्यतः इरानसँग जोडिएका व्यापारिक गतिविधिहरूमा आएको उछालका कारण भएको बताइएको छ । विशेषगरी तेल, ग्यास तथा अन्य मालसामान ढुवानीसँग सम्बन्धित गतिविधिहरू बढेको उल्लेख छ ।

    प्रतिवेदनमा थप उल्लेख गरिएअनुसार अबुधाबी नेसनल आयल कम्पनी (एडनोक) को स्वामित्वमा रहेको तरल प्राकृतिक ग्यास (एलएनजी) बोक्ने एउटा ठूलो जहाजले आफ्नो ‘स्वचालित पहिचान प्रणाली’ (एआईएस) बन्द गरेर खाडी क्षेत्रभित्र प्रवेश गरेको पाइएको छ ।

    यस्तो प्रणाली सामान्यतः जहाजको स्थान र गतिविधि ट्र्याक गर्न प्रयोग गरिन्छ । यसलाई बन्द गर्नु सुरक्षा तथा निगरानीका दृष्टिले संवेदनशील मानिन्छ ।

    लन्डनमा आधारित समुद्री विश्लेषण कम्पनी ‘विन्डवार्ड’ को तथ्याङ्कअनुसार सोमबार मात्र १९ वटा जहाजले उक्त जलसन्धि पार गरेका थिए । तीमध्ये ९ वटा जहाज भित्रिँदै गरेका र १० वटा बाहिरिँदै गरेका थिए ।

    भित्रिने जहाजहरू मुख्यतः भारत र श्रीलङ्कालगायत देशका झन्डा बोकेका कार्गो जहाजहरू थिए । बाहिरिने जहाजहरूमा १ तेल ट्याङ्कर र ९ वटा कार्गो जहाज समावेश थिए, जसमा ५ वटा जहाजले इरानको झन्डा बोकेका थिए ।

    विश्लेषकहरूका अनुसार होर्मुज स्ट्रेटमा हुने यस्तो उतारचढावले मध्यपूर्वको ऊर्जा व्यापार, विशेषगरी तेल तथा ग्यास आपूर्तिमा प्रत्यक्ष प्रभाव पार्न सक्छ । किनकि, विश्वको ठूलो हिस्सा ऊर्जा आपूर्ति यही समुद्री मार्गहुँदै ओसारपसार हुन्छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.