गाेरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा, पालिका, जिल्ला भेला तथा अधिवेशनलाई समन्वयात्मक र सहजीकरण गर्न गाेरखा जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
मंगलबार पार्टीले केन्द्रीय सदस्य, सांसद, सङ्घीय नेतृत्व मञ्च तथा केन्द्रीय विभागका पदाधिकारी एवं सदस्यलाई जिल्लागत जिम्मेवारी तोकेको हाे ।
रास्वपाका अनुसार स्थानीय तहदेखि जिल्ला तहसम्म हुने सङ्गठनात्मक भेला, अधिवेशन र आन्तरिक संरचना व्यवस्थापनलाई प्रभावकारी बनाउन उक्त जिम्मेवारी बाँडफाँट गरिएको छ ।
जिम्मेवारी पाउनेहरुमा पार्टी महामन्त्री तथा साँसद कबिन्द्र बुर्लाकाेटी, साँसद सुधन गुरुङ, केन्द्रय सदस्य तथा साँसद एलिजा गुरुङ, साँसद साेभा खनाल, केन्द्रिय विभागका ध्रुव प्रसाद दाहाल र कृण्ण थापा र संघिय नेतृत्व मञ्चबा६ हरिशरण आचार्यलाई समन्वयकाे जिम्मेवारी प्रदान गरेकाे छ ।




















