गाेरखा । सुन्धारा कारागारमा जन्मकैदको सजाय भाेगिरहेका १ जना महिला हिजाे मध्यराति पुन: फरार भएकी छिन् ।
फरार हुनेमा नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ भएकी कारागार प्रशासनले जनाएकाे छन ।
उनी शुक्रबार राति १ बजेतिर कारागारबाट फरार भएको सुन्धारा कारागार प्रशासनले जनाएकाे हाे ।
सिसीक्यामेरा फुटेजमा भुइँमा केही वस्तु राखेर पर्खाल नाघेर भागेको देखिएको देखिएकाे र उनकाे ब्यापक रुपमा खाेजी भइरहेकाे छ । उनी चोरी र कर्तव्य ज्यानको कसुरमा जन्मकैदको फैसला सुनाएर कैद भुक्तान गर्दै आएकी थिइन् ।
यसअघि जेनजी आन्दोलनको बेलामा पनि उनी फरार भएर २ महिनापछि पक्राउ परेकी थिइन् ।




















