गाेरखा । पूर्व गृहमन्त्री तथा सांसद सुदन गुरुङले आफू विरुद्ध छानबिन समिति बनेको र सरकारले सत्यतथ्य बाहिर ल्याउनेमा आफू ढुक्क रहेको बताएका छन् ।
यदि आफूबाट गल्ती भएको प्रमाणित भए वर्तमान सरकारले कुनै हालतमा नजोगाउने र कारबाही गर्ने भन्दै उनले आफूले कुनै पनि गलत काम नगरेको दाबी समेत गरे ।
पत्रकारहरूसँग कुरा गर्दै गुरुङले भने, “हाम्रो सरकारले कसैलाई पनि छाड्दैन । हाम्रै श्रममन्त्रीलाई त छाडेन भने मलाई झन् कुनै हालतमा छाड्दैन । पहिलेका दलहरूजस्तो यताउति म्यानिपुलेट गरेर वासिङ मेसिनमा धोएर ल्यायो भन्ने हाम्रोमा हुँदैन ।”
गुरुङले समिति गठन हुनुअघि नै दलका प्रमुख नेताहरूले आफूलाई “कुनै गलत काम त छैन नि?” भनेर प्रश्न गरेको समेत बताए । उनले थपे,
“नेताहरूले गलत गरेको पाइए कारबाही हुन्छ भनेर पहिल्यै सचेत गराइसकेका छन् । म ढुक्क छु, मेरो कुनै गल्ती छैन।”




















