गाेरखा । नेकपा एमालेकाे आज बस्न तय भएको केन्द्रीय सचिवालय बैठक सोमबारको लागि सरिएकाे छ ।
सोमबार अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा सचिवालय बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
आइतबार परेको मदन आश्रित दिवसको तयारी गर्नुपर्ने भएकोले आजको बैठक स्थगित गरिएको उनले जानकारी दिए ।
बैठकमा पार्टीभित्रको कार्यविभाजनका साथै फागुन २१ को निर्वाचनको समीक्षा समेत हुने बताइएको छ ।




















