×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • २ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • २ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • २ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
  • १ दिन अघि

गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
  • १ दिन अघि

गोरखामा भएको २३ औं सवालाख रोट महोत्सव सम्पन्न

  •  गोरखा समाचार
  • मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको गोरखनाथ गुफामा भएको २३ औं सवालाख रोट महोत्सव सम्पन्न भएको छ ।

    सिद्वाश्रम शक्ति केन्द्रको आयोजनामा यही बैशाख १८ गतेदेखी २८ गतेसम्म रोट महोत्सव सञ्चालनमा आएको थियो ।

    ११ दिनसम्म चलेको महोत्सवमा गुरु गोरखानाथलाई १ लाख ४९ हजार ९१५ वटा ताईरोट अर्पण गरिएको केन्द्रका रामजी अर्यालले बताए । ‘महोत्सवमा गुरु गोरखनाथलाई मन पर्ने रोट अर्पण गरिएको’ भन्दै उनले भने ‘११ दिनमा करिब डेड लाख रोट अर्पण भयो ।’

    केन्द्रले आध्यात्मिक जागरण एवं विश्व कल्याणका लागि भन्दै गुरु गोरखनाथलाई बिक्रम सम्बत २०६१ सालदेखी रोट महोत्सवको आयोजना गर्दै आएको छ ।

    महोत्सव अवधिभर स्वदेशका अधिकांश जिल्लाबाट मानिसहरु सहभागी हुनुकासाथै छिमेकी भारत र अन्य देशहरुबाट पनि श्रद्वालु भक्तजनहरुको सहभागीता रहेको उनले जानकारी दिए ।

    उनका अनुसार यो पटक भातरको गोरखपुरका साथै बृन्दावन र आसामबाट पनि महोत्सवमा सहभागीता भएको थियो ।

    यो पटकको महोत्सवमा तराई क्षेत्रको मैथली समुदायले सक्रिय सहभागिता जनाउदै भजनहरु समेत प्रस्तुत गरेका थिए ।

    महोत्सवमा पहिलाे पटक नेपाली सेनाको एक टुकडीले र्याली सुरु हुनु पूर्व र गोरखानाथको झण्डोतोलतमा २१ तोपलको सलामी समेत प्रदान गरेको थियो ।

    यो बर्षको महोत्सवमा स्वदेश तथा विदेशबाट गरी ५० हजारभन्दा बढी श्रद्वालु भक्त्तजनहरुको सहभागिता जनाउने केन्द्रले अनुमान गरेको छ ।

    रोट महोत्सवभरी दैनिक स्तुती बन्दना, स्तवन पाठ, हवन, पूजन, रोट अर्पण, गुरु आरती, भजन किर्तन र प्रसाद बितरण हुने छ ।

    महोत्सव अवधिभरमा ३० लाख रुपैयाँभन्दा बढी खर्च भएको अनुमान पनि केन्द्रले जनाएको छ ।

    रोट के हो ?

    रोट चालम, गहुँ र जौको पिठोमा मसलाहरु मिसाएर बनाएको एक बिशेष परिकार रोट हो ।

    चालम, गहुँ र जौलाई शुद्व मानी ३२ थरिका मसलाहरु जस्तै नरिवल, काजु, किसमिस, अलौंची, ल्वाङ, सुकुमेल, छोकडा, मरिच, दालचिनी, खुदो, मह, घिउ, चिनी जस्ता मसलाहरु हालेर विशेष बिधिद्वारा बनाईन्छ ।

    रोट २ प्रकारको हुने गर्दछ । भुङ्ग्रे र ताई रोट । गोलाकार आकृतीको पिठोको मिश्रणलाई पातमा राखेर आगो को भुङ्ग्रो पकाईनेलाई भुङ्ग्रे रोट भनिन्छ । यस्तो रोट सानादेखी ठुला आकारमा पनी तयार गरिन्छ ।

    दोस्रो भनेको ताई रोट हो । यो प्रकारको रोटलाई घिउमा तारेर बनाईन्छ । पिठोमा विभिन्न थरीका मसलाहरु हालेर विशेष आकृती अर्थात पृथ्वीको आकारमा सानो सानो गोलाकार बनाएर बनाउने गरिन्छ । यसको बिच भागमा नाभी अर्थात ओमकार राख्ने चलन छ । यसरी विशेष विधिका साथ रोटको बिचमा बनाइएको नाभिलाई ‘शिवलिङ्ग’ पनि भनिन्छ । यस्तो नाभी भुङ्ग्रे रोटमा पनी बनाइने प्रचलन छ । भुङ्ग्रे रोटमा बनाइएको नाभीलाई भने ‘सुमेरु’ भन्ने गरिन्छ ।

    नाथ संप्रदायका मानिसहरुले बनाउने रोटमा त्यस्तो आकृती दिदा भने विशेष मन्त्र उच्चारण गनुपर्ने हुन्छ । गुरु गोरखानाथलाई रोट चढाउदा पनी विशेष रोट पूजा गरी मन्त्र सहित रोटको बिचको भाग काटेर चढाइने गर्दछ ।

    स्वादमा अनि नै उत्कृष्ट मानिने यस प्रकारको रोट, रोट महोत्सवमा सबैको आकर्षणको बिषय हुने गरेको छ ।

    लेखकबाट थप:

    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
    • चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
    • मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ४. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ५. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    • ६. धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु

    • ७. सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. शायद गाउँ सुनसान भएछ !

    • ४. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ५. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.