गोरखा । गोरखाको गोरखनाथ गुफामा आजदेखी सुरु हुने रोट महोत्सव सुरु भएको छ ।
सिद्वाश्रम शक्ति केन्द्रको आयोजनामा २३ औं रोट महोत्सव सुरु भएको केन्द्रकी सावर मातृ (सामा) विन्देश्वरी बरालले बताईन ।
महाेत्सव आजदेखी २८ गतेसम्म ११ दिनसम्म गोरखा दरर्वार परिषरमा रहेको गोरखानाथ मन्दिरमा हुने छ । महाेत्सवकाे तयारी स्वरुप गोरखानाथ मन्दिर र वरपरका क्षेत्रमा सरसफाईका साथै आवश्यक सजावटको काम सकिएको पनि उनले बताईन ।
केन्द्रले बिक्रम सम्बत २०६१ सालदेखी आध्यात्मिक जागरण एवं विश्व कल्याणका लागि गोरखाको गोरखनाथ मन्दिर परिषरमा रोट महोत्सवको आयोजना गर्दै आएको छ ।
कार्यक्रम अनुसार अहिले बिहान ८ः३० बजे गोरखा सदरमुकामको बैंक रोडमा रहेका सिद्वाश्रम शक्ति केन्द्रबाट झाकी सहितको र्याली हुने छ । र्यालीमा १०८ जना कन्याहरुले कलश लिएर हिड्ने छन् भने गुरु गोरखनाथको रथ समेत र्यालीमा सहभागी गराइने छ ।
यस पटक भने नेपाली सेनाको एक टुकडीले र्याली सुरु हुनु पूर्व र गोरखानाथको झण्डोतोलतमा २१ तोपलको सलामी दिने कार्यक्रम तय भएको छ । यो सलामी पहिलो पटक हुन लागेको हो ।
बैंक रोडमा रहेको केन्द्रबाट सुरु हुने र्यालीमा विभिन्न जात जातीका बाजा गाजाका साथै झाँकीहरु समेत सहभागी गराएर गोरखा बजारको पुरानो बसपार्क–पदेली–ठुलो आँगन–सतिपिपल–रामशाह चौतारो हुदै गोरखा दरर्बारमा रहेको गुरु गोरखनाथको मन्दिर पुगेर र्यालीको समापन हुने छ ।
र्याली समापन हुनु पूर्व गुरु गोरखनाथको मन्दिर अगाडी झण्डोतोल गरिने छ । त्यस लगत्तै रोट पकाउने काम हुने छ । रोट पाकी सकेपछी साईत हेरेर गुरु गोरखनाथलाई रोट अर्पण गरिने छ ।
यो बर्षको महोत्सवमा स्वदेश तथा विदेशबाट ५० हजारभन्दा बढी श्रद्वालु भक्त्तजनहरुले महोत्सवमा सहभागिता जनाउने अनुमान गरिएको छ ।
विगतदेखी नै गोरखनाथ जयन्तीको अवशर पारेर आयोजना गरीएको महोत्सवमा देशैभरबाट श्रद्वालु भक्तजनहरु आउने गरेका थिए । यो पटक पनी नेपालको धेरै जिल्लाका साथै भारत र अन्य देशका गुरु गोरखनाथका भक्तजनहरुले सहभागिता जनाउने अनुमान गरीएको छ ।
रोट महोत्सवभरी दैनिक स्तुती बन्दना, स्तवन पाठ, हवन, पूजन, रोट अर्पण, गुरु आरती, भजन किर्तन र प्रसाद बितरण हुने छ ।
महोत्सवमा ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
रोट के हो ?
रोट चालम, गहुँ र जौको पिठोमा मसलाहरु मिसाएर बनाएको एक बिशेष परिकार रोट हो ।
चालम, गहुँ र जौलाई शुद्व मानी ३२ थरिका मसलाहरु जस्तै नरिवल, काजु, किसमिस, अलौंची, ल्वाङ, सुकुमेल, छोकडा, मरिच, दालचिनी, खुदो, मह, घिउ, चिनी जस्ता मसलाहरु हालेर विशेष बिधिद्वारा बनाईन्छ ।
रोट २ प्रकारको हुने गर्दछ । भुङ्ग्रे र ताई रोट । गोलाकार आकृतीको पिठोको मिश्रणलाई पातमा राखेर आगो को भुङ्ग्रो पकाईनेलाई भुङ्ग्रे रोट भनिन्छ । यस्तो रोट सानादेखी ठुला आकारमा पनी तयार गरिन्छ ।
दोस्रो भनेको ताई रोट हो । यो प्रकारको रोटलाई घिउमा तारेर बनाईन्छ । पिठोमा विभिन्न थरीका मसलाहरु हालेर विशेष आकृती अर्थात पृथ्वीको आकारमा सानो सानो गोलाकार बनाएर बनाउने गरिन्छ । यसको बिच भागमा नाभी अर्थात ओमकार राख्ने चलन छ । यसरी विशेष विधिका साथ रोटको बिचमा बनाइएको नाभिलाई ‘शिवलिङ्ग’ पनि भनिन्छ । यस्तो नाभी भुङ्ग्रे रोटमा पनी बनाइने प्रचलन छ । भुङ्ग्रे रोटमा बनाइएको नाभीलाई भने ‘सुमेरु’ भन्ने गरिन्छ ।
नाथ संप्रदायका मानिसहरुले बनाउने रोटमा त्यस्तो आकृती दिदा भने विशेष मन्त्र उच्चारण गनुपर्ने हुन्छ । गुरु गोरखानाथलाई रोट चढाउदा पनी विशेष रोट पूजा गरी मन्त्र सहित रोटको बिचको भाग काटेर चढाइने गर्दछ ।
स्वादमा अनि नै उत्कृष्ट मानिने यस प्रकारको रोट, रोट महोत्सवमा सबैको आकर्षणको बिषय हुने गरेको छ ।
दैनिक के के हुने छ ?
१) दैनिक बिहान ७ बजेदेखी १० बजेसम्म पटक हवन
२) दैनिक स्तुती बन्दना
३) दैनिक दिनभर भजन
४) दैनिक गोरखानाथ मन्दिर भित्र पादुका पुजन
५) दैनिक गुरु गोरखनाथलाई ८४ ब्यन्जन अर्पण
६) दैनिक ताइरोट अर्पण
७) दैनिक ५ बजे गुरुदेवको नित्य आरती पुजन
८) दैनिक ६ बजे कार्यकताहरु बिच छलफल
९) दैनिक साँझमा दिपावली




















