×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५७ मिनेट अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ३ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ३ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
  • १ दिन अघि

भोलीबाट रोट महोत्सव, सबै तयारी पुरा

  •  गोरखा समाचार
  • बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको गोरखनाथ गुफामा भोलीदेखी सुरु हुने रोट महोत्सवको तयारी पुरा भएको छ ।

    सिद्वाश्रम शक्ति केन्द्रको आयोजनामा भोलीदेखी २३ औं रोट महोत्सवका तयारी पुरा भएको केन्द्रकी सावर मातृ (सामा) विन्देश्वरी बरालले बताईन ।

    भोली अर्थात बैशाख १८ गतेदेखी २८ गतेसम्म गोरखा दरर्वार परिषरमा रहेको गोरखानाथ मन्दिरमा हुने सवालाख रोट महोत्सवको लागी गोरखानाथ मन्दिर र वरपरका क्षेत्रमा सरसफाईका साथै आवश्यक सजावटको काम सकिएको पनि उनले बताईन ।

    केन्द्रले बिक्रम सम्बत २०६१ सालदेखी आध्यात्मिक जागरण एवं विश्व कल्याणका लागि गोरखाको गोरखनाथ मन्दिर परिषरमा रोट महोत्सवको आयोजना गर्दै आएको छ ।

    कार्यक्रम अनुसार भोली बिहान ८ः३० बजे गोरखा सदरमुकामको बैंक रोडमा रहेका सिद्वाश्रम शक्ति केन्द्रबाट झाकी सहितको र्याली हुने छ । र्यालीमा १०८ जना कन्याहरुले कलश लिएर हिड्ने छन् भने गुरु गोरखनाथको रथ समेत र्यालीमा सहभागी गराइने छ ।

    यस पटक भने नेपाली सेनाको एक टुकडीले र्याली सुरु हुनु पूर्व र गोरखानाथको झण्डोतोलतमा २१ तोपलको सलामी दिने कार्यक्रम तय भएको छ । यो सलामी पहिलो पटक हुन लागेको हो ।

    बैंक रोडमा रहेको केन्द्रबाट सुरु हुने र्यालीमा विभिन्न जात जातीका बाजा गाजाका साथै झाँकीहरु समेत सहभागी गराएर गोरखा बजारको पुरानो बसपार्क–पदेली–ठुलो आँगन–सतिपिपल–रामशाह चौतारो हुदै गोरखा दरर्बारमा रहेको गुरु गोरखनाथको मन्दिर पुगेर र्यालीको समापन हुने छ ।

    र्याली समापन हुनु पूर्व गुरु गोरखनाथको मन्दिर अगाडी झण्डोतोल गरिने छ । त्यस लगत्तै रोट पकाउने काम हुने छ । रोट पाकी सकेपछी साईत हेरेर गुरु गोरखनाथलाई रोट अर्पण गरिने छ ।

    यो बर्षको महोत्सवमा स्वदेश तथा विदेशबाट ५० हजारभन्दा बढी श्रद्वालु भक्त्तजनहरुले महोत्सवमा सहभागिता जनाउने अनुमान गरिएको छ ।

    विगतदेखी नै गोरखनाथ जयन्तीको अवशर पारेर आयोजना गरीएको महोत्सवमा देशैभरबाट श्रद्वालु भक्तजनहरु आउने गरेका थिए । यो पटक पनी नेपालको धेरै जिल्लाका साथै भारत र अन्य देशका गुरु गोरखनाथका भक्तजनहरुले सहभागिता जनाउने अनुमान गरीएको छ ।

    रोट महोत्सवभरी दैनिक स्तुती बन्दना, स्तवन पाठ, हवन, पूजन, रोट अर्पण, गुरु आरती, भजन किर्तन र प्रसाद बितरण हुने छ ।

    महोत्सवमा ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

    रोट के हो ?

    रोट चालम, गहुँ र जौको पिठोमा मसलाहरु मिसाएर बनाएको एक बिशेष परिकार रोट हो ।

    चालम, गहुँ र जौलाई शुद्व मानी ३२ थरिका मसलाहरु जस्तै नरिवल, काजु, किसमिस, अलौंची, ल्वाङ, सुकुमेल, छोकडा, मरिच, दालचिनी, खुदो, मह, घिउ, चिनी जस्ता मसलाहरु हालेर विशेष बिधिद्वारा बनाईन्छ ।

    रोट २ प्रकारको हुने गर्दछ । भुङ्ग्रे र ताई रोट । गोलाकार आकृतीको पिठोको मिश्रणलाई पातमा राखेर आगो को भुङ्ग्रो पकाईनेलाई भुङ्ग्रे रोट भनिन्छ । यस्तो रोट सानादेखी ठुला आकारमा पनी तयार गरिन्छ ।

    दोस्रो भनेको ताई रोट हो । यो प्रकारको रोटलाई घिउमा तारेर बनाईन्छ । पिठोमा विभिन्न थरीका मसलाहरु हालेर विशेष आकृती अर्थात पृथ्वीको आकारमा सानो सानो गोलाकार बनाएर बनाउने गरिन्छ । यसको बिच भागमा नाभी अर्थात ओमकार राख्ने चलन छ । यसरी विशेष विधिका साथ रोटको बिचमा बनाइएको नाभिलाई ‘शिवलिङ्ग’ पनि भनिन्छ । यस्तो नाभी भुङ्ग्रे रोटमा पनी बनाइने प्रचलन छ । भुङ्ग्रे रोटमा बनाइएको नाभीलाई भने ‘सुमेरु’ भन्ने गरिन्छ ।

    नाथ संप्रदायका मानिसहरुले बनाउने रोटमा त्यस्तो आकृती दिदा भने विशेष मन्त्र उच्चारण गनुपर्ने हुन्छ । गुरु गोरखानाथलाई रोट चढाउदा पनी विशेष रोट पूजा गरी मन्त्र सहित रोटको बिचको भाग काटेर चढाइने गर्दछ ।

    स्वादमा अनि नै उत्कृष्ट मानिने यस प्रकारको रोट, रोट महोत्सवमा सबैको आकर्षणको बिषय हुने गरेको छ ।

    दैनिक के के हुने छ ?

    १) दैनिक बिहान ७ बजेदेखी १० बजेसम्म पटक हवन
    २) दैनिक स्तुती बन्दना
    ३) दैनिक दिनभर भजन
    ४) दैनिक गोरखानाथ मन्दिर भित्र पादुका पुजन
    ५) दैनिक गुरु गोरखनाथलाई ८४ ब्यन्जन अर्पण
    ६) दैनिक ताइरोट अर्पण
    ७) दैनिक ५ बजे गुरुदेवको नित्य आरती पुजन
    ८) दैनिक ६ बजे कार्यकताहरु बिच छलफल
    ९) दैनिक साँझमा दिपावली

    लेखकबाट थप:

    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
    • चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • २. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ५. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ६. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    • ७. धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. शायद गाउँ सुनसान भएछ !

    • ४. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ५. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.