गाेरखा । कक्षा १२ को परीक्षा आज सोमबारदेखि सुरु भएको छ ।
माध्यमिक तहको अन्तिम परीक्षा वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा देशभरका ४ लाख १८ हजार ८०० परीक्षार्थी सहभागी छन् ।
परीक्षा सकिए लगत्तै जेठ महिनाभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ ।




















