×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १२ घण्टा अघि

आज कुशे औँसी
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १६ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको मनास्लु पदमार्गमा १ बर्षमा करिब १५ हजार पर्यटक पुगे

  •  गोरखा समाचार
  • आइतबार, बैशाख १३, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । उत्तरी गोरखामा रहेको मनास्लु पदमार्गमा गएको बर्ष स्वदेशी तथा विदेशी गरी करिब १५ हजार पर्यटक पुगेका छन् ।

    बिक्रम सम्बत २०८२ सालमा उक्त पदमार्गमा स्वदेशी तथा विदेशी गरी कुल १४ हजार ८९९ जना पुगेको मनास्लु संरक्षण क्षेत्र आयोजनाको कार्यालय फिलिमका संरक्षण अधिकृत एवं सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिए ।

    उनका अनुसार अघिल्लो बर्ष २०८१ सालमा सोही अवधीमा १० हजार २५२ जना स्वदेशी तथा विदेशी पर्यटक पुगेका थिए ।

    आयोजनाको कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार ०८१ सालको तुलनामा ०८२ सालमा भने उक्त पदमार्ग पुग्ने नेपालीको संख्या ७२ गुणाले बृद्वी भएको छ । उक्त पदमार्गमा ०८१ सालमा ६ जना मात्र नेपाली पुगेकोमा ०८२ सालमा ४३२ जना पुगेका छन् ।

    आयोजनाको सिर्दीबासमा रहेको कार्यालयले दिएको जानकारी अनुसार ०८२ सालमा ४३४ जना सार्क राष्ट्र र १४ हजार ३३ जना तेस्रो राष्ट्रका पर्यटहरु उक्त पदमार्गमा पुगेका थिए ।

    उक्त अवधीमा ८ हजार ३३९ जना पुरुष, ६ हजार ५५७ जना महिला र ३ जना तेस्रो लिंङ्गीका पर्यटकहरु पदमार्गमा पुगेको पनि सूचना अधिकारी ओझाले बताए ।

    आयोजनाले उपलब्ध गराएको तथ्यांक अनुसार ०८२ सालको बैशाखमा १ हजार ९८६ जना, जेठमा २०९ जना, असारमा ४४ जना, साउनमा ७६ जना भाद्रमा ७७९ जना र असोजमा ३ हजार ४४२ जना पर्यटक उक्त क्षेत्रमा पुगेका थिए ।

    त्यस्तैगरी, कार्तिक महिनामा ४ हजार २४७ जना, मंसिरमा ६४९ जना, पौषमा १६८ जना, माघ १४५ जना, फागुनमा ९०६ जना र चैतमा २ हजार २४९ जना पर्यटक उक्त क्षेत्रमा पुगेका थिए ।

    उक्त क्षेत्रमा जान मुख्य सिजन भनेको असोज र कार्तिक महिना उपयुत्त हो । अफ सिजन मानिने असार, साउन र माघ जस्ता महिनामा पनि पर्यटकको उल्लेखिय संख्या उक्त क्षेत्रमा पुग्दा बर्षभरी नै पर्यटन विस्तार भएको सहजै अनुमान गर्न सकिन्छ ।

    चैत महिनामा कम संख्यामा पर्यटक देखिनुमा मध्य पूर्वमा अमेरिकाले इरानमाथी आक्रमण गर्न थालेपछी हवाई उडान प्रभाव पर्नुका साथै अन्तराष्ट्रिय यात्रा योजना र पर्यटकको मनोबैज्ञानिक सुरक्षा असर भएको आयोजनाको कार्यालयले जानकारी दिएको छ ।

    १ हजार ६६३ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको संरक्षण क्षेत्रले उत्तरमा चीनको स्वशासित सीमाना तिब्बत, पश्चिममा अन्नपूर्ण संरक्षण क्षेत्रसम्म फैलिएको छ ।

    ६०० मिटर उचाईदेखी संसारकै आठौं अग्लो हिमाल मनास्लु (८ हजार १६३ मिटर) यसै आयोजना क्षेत्र भित्र पर्दछ ।

    त्यसका अलावा यो पदमार्गमा पर्यटकहरुले सहजै रुपमा हिउँ चितुवा, कस्तुरी, मृग, नाउर, झारल, कालो भालु, नेपालको राष्ट्रिय चरा डाँफे र मुनालका साथै ११० प्रजातिका पंक्षि, ३ प्रजातिका सर्प र २०० प्रजातिभन्दा बढीका हिमाली बनस्पतिहरु सहजै अवलोकन गर्न सकिन्छ ।

    यो क्षेत्र विदेशीहरुको लागि भने सन १९९१ देखी मात्र खुल्ला गरिएको हो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, बैशाख १३, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.