×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

स्ट्रेट अफ होर्मुजमा तनाव बढेसंगै पुन: कच्चा तेलको भाउ बढ्याे

  •  गोरखा समाचार
  • शुक्रबार, बैशाख ११, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । विश्व बजारमा कच्चा तेलको भाउ फेरी बढेको छ । स्ट्रेट अफ होर्मुजमा इरान र अमेरिकाबिच तनाव चर्किएपछि शुक्रबार विश्व बजारमा कच्चा तेलको भाउ बढेको हो ।

    अमेरिका र इरान स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्ने जहाजलाई निशाना बनाउने खेलमा व्यस्त रहँदा तेल बजार त्रस्त बन्दा भाउ बढेको हो । शुक्रबार बिहान कारोबारमा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल १०६ डलर नाघेको थियो ।

    शुक्रबार ब्रेन्ट क्रुडको भाउ १०६ डलर ८० सेन्टमा कारोबार भएको थियो, जुन बुधबारको बन्द मूल्यभन्दा झण्डै ५ प्रतिशतले बढी हो । बुधबार २ सातापछि पहिलो पटक ब्रेन्टको भाउले १०० डलर पार गरेको थियो ।

    तनाव बढेसँगै अमेरिकी सेयर बजारमा पनि कमी आएको छ । बिहीबार कारोबार बन्द हुँदा एसएन्डपी ५०० परिसूचक शून्य ४१ प्रतिशतले घटेको थियो भने नास्डाक कम्पोजिट शून्य दशमलव ८९ प्रतिशत तल झरेको थियो ।

    स्ट्रेट अफ होर्मुजबाट विश्वमा खपत हुने झन्डै २० प्रतिशत तेल र ग्यास आपूर्ति हुने गर्छ । तर अहिले यो लगभग ठप्प अवस्थामा छ । इरानले जहाज आवतजावतमा नियन्त्रण गर्न खोजिरहेको छ भने अमेरिकाले इरानको समुद्री व्यापार रोक्न प्रयास गरिरहेको छ ।

    इरानी डुङ्गाहरूले स्ट्रेटमा बारुदी सुरुङ राखेमा नष्ट गर्न अमेरिकी नौसेनालाई आदेश दिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । इरानले सम्झौता नगरेसम्म स्टेट पूर्ण रूपमा बन्द रहने चेतावनी समेत उनले सामाजिक सञ्जालमा दिएका छन् ।

    यसअघि इरानको इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी)ले पानामा र ग्रिसको गरेर २ विदेशी कार्गाे जहाज नियन्त्रणमा लिएको दाबी गरेको थियो ।

    तर ग्रीसले आफ्ना जहाज सुरक्षित रहेको जनाएको छ । इरान युद्धबिच यस जलमार्गबाट जहाजको आवतजावतमा ठूलो कमी आएको छ ।

    संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार सामान्य अवस्थामा दैनिक करिब १२९ जहाज आवतजावत गर्ने यस मार्गमा हाल निकै कम जहाज मात्र चलिरहेका छन् ।

    बुधबार स्टेट अफ होर्मुजबाट ८ जहाज आवतजवत गरेका थिए । सोमबार र मंगलबार यसको संख्या क्रमशः १५ र ७ थियो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, बैशाख ११, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.