×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ९ प्रतिशतले गिरावट

  •  गोरखा समाचार
  • शनिबार, बैशाख ०५, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । इरान र अमेरिकाबिचको तनाव कम भई स्ट्रेट अफ होर्मुज व्यापारिक जहाजका लागि खुला रहने समाचार बाहिरिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा करिब ९ प्रतिशतले गिरावट आएको छ । युद्धको जोखिमका कारण आकासिएको तेलको मूल्य इरानको पछिल्लो नरम नीतिका कारण नाटकीय रूपमा ओरालो लागेको हो ।

    इरानले युद्धविरामको बाँकी अवधिसम्म सबै व्यापारिक जहाजका लागि स्ट्रेट अफ होर्मुज खुला रहने घोषणा गरेपछि बजारमा राहतको सङ्केत देखिएको हो । साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अब उक्त जलमार्ग कहिल्यै बन्द नगर्न सहमत भएको दाबी गरेपछि लगानीकर्ताहरूमा रहेको अनिश्चितता कम भएको छ । जसको प्रत्यक्ष असर तेलको मूल्यमा देखियो र शुक्रबार ब्रेन्ट क्रुड र डब्लुटीआई दुवैको मूल्यमा अप्रिल ८ पछिकै सबैभन्दा ठूलो गिरावट दर्ता भयो ।

    बजार बन्द हुँदा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९.०१ डलर अर्थात ९.०७ प्रतिशतले घटेर ९०.३८ डलरमा कायम भयो । कारोबारको समयमा यो घटेर ८६.०९ डलरसम्म पुगेको थियो । त्यसैगरी, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य १०.४८ डलर अर्थात ११.४५ प्रतिशतले घटेर प्रतिब्यारेल ८३.८५ डलरमा सीमित भयो ।

    रोयटर्सका अनुसार इरानका वरिष्ठ अधिकारीले सबै जहाजहरू स्ट्रेट अफ होर्मुजबाट आवतजावत गर्न सक्ने तर त्यसका लागि इरानी इस्लामिक रिभोलुसनरी गार्ड कप्र्ससँग समन्वय गर्नुपर्ने बताएका छन् । यो सम्झौताको बदलामा इरानको रोक्का गरिएको कोषलाई फुकुवा गर्ने सर्तसमेत समावेश गरिएको ती अधिकारीको दाबी छ ।

    पछिल्लो २ हप्तादेखि युद्धको जोखिमका कारण तेलको मूल्यमा जुन रिस्क प्रिमियम थपिएको थियो, त्यो अहिले तीव्र गतिमा हट्न थालेको विश्लेषकहरूले बताएका छन् । बजार अहिले सम्भावित अवरोधको डरबाट मुक्त भई वास्तविक आपूर्ति र प्रवाहको दिशामा फर्किएको छ ।

    जहाज ट्रयाकिङ तथ्याङ्कका अनुसार करिब २० वटा ठूला जहाजहरू अहिले खाडी मुलुकबाट स्ट्रेट अफ होर्मुज हुँदै बाहिर निस्कने क्रममा देखिएका छन्, जसले तेल आपूर्ति सहज बन्दै गएको पुष्टि गर्छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, बैशाख ०५, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.