×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

इरान-अमेरिका बार्ता निश्कर्ष बिहीन

  •  गोरखा समाचार
  • आइतबार, चैत २९, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । अमेरिका र इरानबिचको ऐतिहासिक शान्ति वार्ता निष्कर्षविहीन बनेकाे छ । बार्ता सकिए लगत्तै इरानले अमेरिकाको गम्भीरतामाथि प्रश्न उठाएको छ ।

    इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाइले सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै वार्ताको सफलता पूर्ण रूपमा अमेरिकी पक्षको सद्भाव र गम्भीरतामा निर्भर रहने स्पष्ट पारेका छन् ।

    प्रवक्ता बाकाइले वार्तालाई ‘अत्यन्तै सघन’ भनी टिप्पणी गरे पनि वासिङ्टनले अघि सारेका मागहरूलाई ‘अत्यधिक र गैरकानुनी’ को संज्ञा दिएका छन् । उनले अमेरिकालाई आफ्ना जिद्दी र दबाबपूर्ण शैली छोडेर इरानको वैध अधिकार र राष्ट्रिय स्वार्थलाई स्वीकार गर्न आग्रह गरेका छन् । इरानले विशेषगरी आफ्नो सार्वभौमिकता र क्षेत्रीय स्वार्थमा आँच आउने कुनै पनि सर्त नमान्ने संकेत दिएको छ ।

    जारी वार्तामा मुख्यगरी ३ वटा एजेन्डामा छलफल भइरहेको बाकाइले जानकारी दिएका छन् । जसमा विश्व ऊर्जा आपूर्तिको लाइफलाइन मानिने स्ट्रेट अफ होर्मुजको भविष्य, इरानको आणविक कार्यक्रमको स्वरूप र इरानमा भइरहेको युद्धको पूर्ण अन्त्य रहेका छन् ।

    यी विषयमा दुवै देशका अडान निकै टाढा रहेकाले सहमति जुटाउन कठिन भइरहेको बुझिएको छ ।

    लगातार २१ घण्टासम्म चलेको छलफलपछि अमेरिकी प्रतिनिधिमण्डलले इरान आफ्ना सर्तहरूमा सहमत हुन नसकेको भन्दै वार्ता निष्कर्षविहीन भएको घोषणा गरेको छ ।

    वार्तापछि सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकाले आफ्नो ‘रेड लाइन’ प्रस्ट पारेको तर इरानले त्यसलाई स्वीकार नगरेको बताए । उनले भने, ‘हामीले निकै लामो समय खर्चिएर लचिलो बन्ने प्रयास गर्‍यौँ, तर इरानी पक्ष हाम्रा सर्तहरू मान्न तयार भएन ।’

    भान्सले अमेरिकाले इरानसमक्ष आफ्नो ‘अन्तिम र उत्कृष्ट’ प्रस्ताव राखेको र अब त्यसलाई स्वीकार गर्ने वा नगर्ने जिम्मा इरानकै हातमा रहेको उल्लेख गरे ।

    उपराष्ट्रपति भान्सले इरानको आणविक कार्यक्रमलाई पूर्ण रूपमा रोक्नु नै ट्रम्प प्रशासनको मुख्य लक्ष्य रहेको दोहोर्‍याए । इरानको आणविक क्षमता ध्वस्त पारिएको दाबी गर्दै उनले भविष्यमा इरानले कहिल्यै परमाणु हतियार नबनाउने प्रतिबद्धता नजनाएसम्म सम्झौता हुन नसक्ने प्रस्ट पारे । अमेरिकी प्रतिनिधिमण्डल अहिले पाकिस्तानबाट फर्किने तयारीमा छ ।

    दुवै पक्ष आ-आफ्नो अडानमा अडिग रहेपछि मध्यपूर्वको तनाव अन्त्य गर्ने यो ठुलो प्रयास अहिलेलाई असफल साबित भएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, चैत २९, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.