गाेरखा। सरकारले सातामा २ दिन सरकारी बिदा दिने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार २ दिन बिदा दिने निर्णय गरेको हो ।
यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा लागू हुनेछ ।
पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण यस्तो निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
निर्णय चैत अर्काे हप्तादेखि लागू हुने छ ।




















