गाेरखा । एमालेले सचिवालयको आकस्मिक बैठक आजकाे लागि बोलाएको छ ।
हिजाे संसदमा बादलको अभिव्यक्तिपछि एमालेले आजकाे लागि आकस्मिक सचिवालय बैठक बोलाएको हो ।
सचिवालय बैठक शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने गरी बोलाइएको उपाध्यक्ष गोकर्ण विष्टले जानकारी दिए ।
एमाले नेताहरूका अनुसार बादलले दिएको अभिव्यक्तिबारे पार्टीमा कुनै छलफल नै भएको थिएन ।
संसदमा नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले सम्बोधनका क्रममा नेपाली सेना, कर्मचारीतन्त्र, कार्की आयोग, टिओबी, बारबरा फाउन्डेसन, एनजीओ आदि संस्था तथा पात्रहरूको भूमिकाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व जित हासिल गरेको बताएका थिए ।




















