गाेरखा । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासल ललितपुरमा शुरु भएको छ ।
पूर्वप्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि उत्पन्न परिस्थितिको विश्लेषणसहित पार्टीले चाल्ने अबका कदमबारे बैठकले निर्णय लिने नेताहरूले बताएका छन् ।
बैठकले अध्यक्ष ओलीको पक्राउविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने सचिव महेश बस्नेतले बताए ।
पूर्व प्रधानमन्त्री ओली आज बिहान सबेरै निवासबाट प्रहरीले पक्राउ परेका हुन् ।




















