गोरखा । लायन्स क्लब अफ गोरखाको अध्यक्षमा शरद श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएको छ । गोरखा सदरमुकाममा शनिबार भएको भेलाले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
श्रेष्ठ अध्यक्ष रहेको समितिको निर्वतमान अध्यक्षमा अयोध्या जोशी, प्रथम उपाध्यक्षमा गोबिन्द बहादुर गुरुङ, द्वितिय उपाध्यक्षमा संजय अधिकारी, तृतिय उपाध्यक्षमा राजनराज पन्त सर्वसम्मत रुपमा चयन भएका छन् ।
शनिबार ने भएको भेलाले सचिवमा दिपक श्रेष्ठ र कोषाध्यक्षमा राजेन्द्र प्रसाद अधिकारीलाई समेत सर्वसम्मत रुपमा चयन गरेको छ ।
सोही समितिको पिआरओमा विदुर बल्लभ भट्टराई, टेल टईस्टरमा नारायण बावु अर्याल, टेमरमा कृण्ण प्यारा श्रेष्ठ तथा मेम्वरशिप चियरपर्सनमा श्रवण कुमार जोशी चयन भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सल्लाहकारममा सुजन कुवँर, श्याम बावु श्रेष्ठ र चन्दन बावु खत्रीलाई चयन गरिएको छ ।
क्लबले गोरखामा आँखा अस्पताल स्थापना गरेर बर्षो देखी आँखा जाँचका साथै शल्यक्रिया सेवा दिदै आएको छ ।




















