गोरखा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गर्दै शर्मा राजीनामाको विपक्षमा उभिएका हुन् ।
गगन थापाले हिजाे बिहान पदबाट राजीनामा दिएपछि उपसभापति शर्माले नैतिक जिम्मा लिन्छु भन्नु सकारात्मक भए पनि अहिलेको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व भएको बताए ।
बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने उनले बताए ।




















