×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखामा उम्मेदवारी दिएका काँग्रेसका २ र नेकपाका १ जनाले खर्च सार्वजनिक गरे

  •  गोरखा समाचार
  • शनिबार, फागुन ३०, २०८२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखामा फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारहरुले खर्चको विवरण सार्वजनिक गर्न थालेका छन् ।

    निर्वाचन आयोगले तोकेको खर्चको सीमा भित्र हरेर गोरखाका ३ जना उम्मेदवारहरुले खर्च विवरण सार्वजनिक गरेका हुन् ।

    विवरण सार्वजनिक गर्नेहरुमा नेपाली काँग्रेसका २ र नेपाल कम्युनिष्ट पार्टीका १ जना गरहेका छन् ।

    नेपाली काँग्रेस क्षेत्र नम्बर १ का उम्मेदवार प्रेमकुमार खत्रीले २९ लाख ८२ हजार ५३० क्षेत्र नम्बर २ का उम्मेदवार प्रकाशचन्द्र दवाडीले २२ लाख ५५ हजार ७२५ र नेपाल कम्युनिष्ट पार्टीका क्षेत्र नम्बर १ का उम्मेदवार हरीराज अधिकारीले २३ लाख २१ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा पेश गरेका हुन् ।

    आयोगले निर्वाचन क्षेत्रहेरी कम्तिमा २९ लाखदेखि बढीमा ३३ लाखसम्म खर्च गर्न पाउने सीमा तोकिएको थियो । सोही सिमा भित्र रहेको गोरखाका उम्मेदवारहरुले खर्च विवरण आयोगमा पेश गरेका हुन् ।

    निर्वाचन खर्चमा मतदाता नामावली खरिद, सवारीसाधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार (छापा एवं विद्युतीय माध्यम, सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनलगायतका विषय क्षेत्रमा खर्च गर्न पाउनेछन् ।

    काँग्रेसका खत्रीले प्रचारप्रसार सामाग्रीमा ५ लाख १४ हजार, मिडियाँ तर्फ २ लाख ६० हजार, सभा तथा मतदाता भेटघाटमा ५ लाख, सवारी साधान भाडा तथा ईन्धन तर्फ १० लाख, निर्वाचन सम्पर्क कार्यालय सञ्चालन तर्फ ४ लाख ९५ हजार, कार्यकता ब्यवस्थापन तथा प्रचारप्रसार सामाग्री ढुवानीमा २ लाख ९ हजार ५०० र विविध खर्चमा ३ हजार ४०५ रुपैयाँ गरी कुल २९ लाख ८२ हजार ५३० रुपैयाँ खर्च गरेका छन् ।

    काँग्रस क्षेत्र नम्बर २ का उम्मेदवार दवाडीले मनोनयन दर्ता १० हजार, सचिवालय खर्च ३ लाख ८० हजार, मिडिया खर्च २ लाख २५ हजार ८५, सवारी साधन तथा ईन्धनमा ८ लाख ८३ हजार १० रुपैयाँ, घरदैलो तथा खाजा खाजा खर्च तर्फ १ लाख ५६ हजार ६० रुपैयाँ, प्रचारप्रसार सामाग्रीमा २ लाख ६७ हजार ५४५ रुपैयाँ, भेला तथा गोष्ठीमा ७५ हजार ६९० रुपैयाँ, कोणसभा र साउण्ड सिष्टममा २ लाख ५० हजार ७२६ तथा विविध खर्चमा ७ हजार ५९० रुपैयाँ खर्च गरेका छन् ।

    यता नेपाल कम्युनिष्ट पार्टीका क्षेत्र नम्बर १ का उम्मेदवार अधिकारीले सवारी साधन भाडामा ३ लाख ८० हजार, प्रचारप्रसार सामाग्रीमा ५ लाख २० हजार, गोष्ठी तथा अन्तरक्रियामा १ लाख ५० हजार, विज्ञापन तर्फ ८० हजार र प्रतिनिधि परिचालनमा ९ लाख ५ हजार तथा कार्यालय सञ्चालन तर्फ २ लाख ८६ हजार रुपैयाँ खर्च भएको विवरण आयोगमा पेश गरेका छन् ।

    आयोगले प्रतिनिधिसभा सदस्य चुनावमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई चुनावी प्रचारप्रसारमा भएको आम्दानी तथा खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिइसकेको छ ।

    तोकिएको समयभित्र खर्चको विवरण नबुझाउने, सार्वजनिक नगर्ने वा सार्वजनिक गरेको प्रमाणसहित जानकारी नदिने राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाचन (कसूर तथा सजाय) ऐन बमोजिम कारबाही हुने भएकाले उनीहरूले त्यस्तो विवरण बुझाउन थालेका छन् ।

    यसअघि कतिपयले खर्च विवरण सार्वजनिकसमेत गरिसकेका छन् ।

    गोरखा क्षेत्र नम्बर १ मा १२ जना र क्षेत्र नम्बर २ मा १३ जना उम्मेदवारले निर्वाचनमा सहभागिता जनाएको थियो । अन्यको विवरण भने सार्वजनिक हुन सकेको छैन ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शनिबार, फागुन ३०, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.