गोरखा । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जिल्लाको दुवै क्षेत्रको समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ ।
अन्तिम परिणाममा सार्वजनिक हुदा राष्ट्रिय स्वतन्त्र पार्टीले वर्चश्व कायम गरेको मुख्य निर्वाचन अधिकृत विण्णु प्रसाद गौतमले जानकारी दिए ।
गोरखा क्षेत्र नम्बर १ मा १ लाख २१ हजार ५१६ मतदाता रहेको ठाउँमा ६४ हजार ३४९ मत खसेकोमा १ हजार ६७७ मत बदर हुदा ६२ हजार ७१२ मत मात्र सदर भएको थियो ।
जसमध्ये रास्वपाले ३० हजार ८४८ मत पाएको छ भने दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १४ हजार १६९ मत र तेस्रो स्थानमा रहेको नेपाल कम्यूनिष्ट पार्टीले १० हजार ७०१ मत र चौथो स्थानमा रहेको नेकपा एमालेले ३ हजार ७७९ मत पाएको मुख्य निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।
उता क्षेत्र नम्बर २ मा १ लाख ८ हजार ५३३ जना मतदाता रहेकोमा ५७ हजार ९२४ मत खसेको र २ हजार ५९९ मत बदर हुदा ५५ हजार ३२५ मत सदर भएको थियो ।
जसमध्य राष्ट्रिय स्वतन्त्र पार्टीले २७ हजार ७०४ मत पाएको छ भने दोस्रो स्थानमा नेपाली काँग्रेसले १० हजार ३४७ मत, तेस्रोमा नेपाल कम्युनिष्ट पार्टीले १० हजार २५२ मत र चौथो स्थानमा रहेको नेकपा एमालेले २ हजार ९४१ मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।


