गाेरखा । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनकाे पछिलाे मत परिणाम अनुसार गाेरखा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ बिजयी भएका छन् ।
उनले २९ हजार ८९६ मत पाएर बिजयी भएकाे मुख्य निर्वाचन अधिकृत बिण्णु प्रसाद गाैतमले पुष्टी गरेका हुन् ।
उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका प्रेम कुमार खत्रीले १५ हजार ३९८ मत पाएका थिए । बिजयी भएका रास्वपाका गुरुङले खत्री संग १४ हजार ४९८ मत फरक पारेकाे पनि अधिकृत पाैडेलले जानकारी दिए ।
त्यस्तैगरी, तेस्राेमा नेपाली कम्यूनिष्ट पार्टीका हरिराज अधिकारीले ११ हजार १२४ मत र चाैथाे स्थानमा नेकपा एमालेका रामचन्द्र लामिछानेले ३ हजार ७३२ मत पाएकाे मुख्य निर्वाचन अधिकृत पाैडेलले बताए ।



