गाेरखा । प्रतिनिधिसभा निर्वाचनकाे फागुन २१ गते सम्पन्न निर्वाचनमा गाेरखा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकाेटी बिजयी भएका छन् । उनले २६ हजार ६६० मत पाएर बिजयी भएकाे निर्वाचन अधिकृत माेहन प्रसाद बेल्वासेले पुष्टी गरेका हुन् ।
उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका प्रकाश चन्द्र दवाडीले ११ हजार ७०० मत पाएका थिए । बिजयी भएका रास्वपाका बुर्लाकाेटीले दवाडी संग १४ हजार ९६० मत फरक पारेकाे पनि अधिकृत बेल्वासेले जानकारी दिए ।
गाेरखा क्षेत्र नम्बर २ मा १ लाख ८ हजार ५३३ जना मतदाता रहेकाेमा ५७ हजार १५६ मत खसेकाे थियाे । खसेकाे मत मध्य ३ हजार ९ मत बदर हुदा ५४ हजार १४७ मत मात्र सदर भएकाे थियाे ।





