गाेरखा । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनकाे पछिलाे मत परिणाम अनुसार गाेरखा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकाेटी बिजयी भएका छन् ।
उनले २६ हजार ६६० मत पाएर बिजयी भएकाे निर्वाचन अधिकृत माेहन प्रसाद बेल्वासेले पुष्टी गरेका हुन् ।
उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका प्रकाश चन्द्र दवाडीले ११ हजार ७०० मत पाएका थिए । बिजयी भएका रास्वपाका बुर्लाकाेटीले दवाडी संग १४ हजार ९६० मत फरक पारेकाे पनि अधिकृत बेल्वासेले जानकारी दिए ।
बुर्लाकाेटी यस अघिकाे प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्यूनिष्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल (प्रचण्ड) संग पराजित भएका थिए । उक्त निर्वाचनमा नेपाली काँग्रेस र माओबादी बिच एलायन्स भएकाे थियाे ।
गाेरखा क्षेत्र नम्बर २ मा १ लाख ८ हजार ५३३ जना मतदाता रहेकाेमा ५७ हजार १५६ मत खसेकाे थियाे । खसेकाे मत मध्य ३ हजार ९ मत बदर हुदा ५४ हजार १४७ मत मात्र सदर भएकाे थियाे ।
सदरमत मध्य नेपाली कम्यूनिष्ट पार्टीबाट उम्मेदवार रहेका लेखनाथ न्याैपानेले ११ हजार ७३ मत पाएका थिए भने नेकपा एमालेका मिलन गुरुङले ३ हजार ८७ मत पाएका थिए ।




















