गाेरखा । श्रम संस्कृति पार्टीले पार्टीका अध्यक्ष प्रत्यक्ष तर्फ हर्क साम्पाङ सहित ३ स्थानमा जित हासिल गरेको छ ।
श्रम संस्कृतिका अध्यक्ष साम्पाङ सुनसरी–१, महासचिव आरेन राई खोटाङ र ध्रुवराज राई भोजपुरबाट निर्वाचित भएका हुन् ।
धरान उपमहानगरपालिकाका मेयर साम्पाङले गत असोजमा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले कात्तिक १६ गते दल दर्ताको प्रमाणपत्र दिएको थियो ।
समानुपातिक तर्फ ४३ लाख मत गणना हुँदा श्रम संस्कृति पार्टीले ९७ हजार ८९२ मत प्राप्त गरेको छ । समानुपातिक तर्फ निर्वाचित हुन कुल सदर मतको ३ प्रतिशत प्राप्त गर्नुपर्दछ ।



