×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सिंहदरबार जलाएको अभिव्यक्ति दिएका गौतममाथि मुद्दा नचलाउने निर्णय बदर

  •  गोरखा समाचार
  • सोमबार, फागुन १८, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । सिंहदरबार जलाएको अभिव्यक्ति दिएका महेन्द्र गौतममाथि मुद्दा नचलाउने निर्णय बदर भएको छ ।

    जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले चितवन खैरहनी नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने ३६ वर्षीय गौतममाथि मुद्दा नचलाउने गरी निर्णय गरेको थियो ।

    उक्त निर्णयलाई उच्च सरकारी वकिलको कार्यालय पाटनले उल्ट्याएको हो ।

    पाटनकी उपन्यायाधिवक्ता विन्दू धामी रावलले मुद्दा नचलाउने निर्णयलाई बदर गरी मुद्दा चलाउने निर्णय भएको बताइन् ।

    ‘निर्णयअनुसार मुद्दा चलाउनू भनेर जिल्लामा हामीले फाइल पठाइसक्यौं,’ उनले भनिन् ।

    जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले गौतममाथि मुद्दा चलाउँदा भिडिओ प्रमाण पर्याप्त नभएको दाबी गरेको थियो ।

    सामाजिक सञ्जालमा बाहिरिएको भिडिओमा गौतमले ‘सिंहदरबारको गेट तोडी भित्र पसेर गृह मन्त्रालयदेखि सबै कार्यालयमा आगो लगाएर भ्याइसक्यौं’ भनेका थिए ।

    यसरी बोले पनि आगजनी गरिरहेको भिडिओमा नदेखिएको जिल्ला सरकारी वकिलको दाबी थियो ।

    तर उच्च सरकारी वकिलले भने यसैलाई पर्याप्त प्रमाण मान्दै मुद्दा चलाउने निर्णय गरेको उपन्यायाधिवक्ता रावलले बताइन् ।

    भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत, संसद भवनसहित प्रमुख प्रशासकीय भवनहरूमा आगजनी भएको थियो । आगजनी गरेको देखिने तस्बिर र भिडिओको आधारमा प्रहरीले पक्राउ गरी अभियोजन गर्दै आएको छ ।

    त्यही सिलसिलामा त्यही दिन आगजनी गरिसकेपछि एक मिडियालाई आगजनी गरिसकेको भन्दै अन्तर्वार्ता दिनेमा महेन्द्र पनि थिए । यसरी अभिव्यक्ति दिएपछि प्रहरीले उनलाई लामो समय लगाएर खोजी गरेको थियो ।

    उनलाई घटना भएको झन्डै ५ महिनापछि, माघ २२ गते पक्राउ गरिएको थियो । तर सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको भन्दै उनलाई फागुन ८ गते हाजिर जमानीमा छाड्न प्रहरीलाई निर्देशन दिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले त्यही दिन उनलाई छाडेको थियो ।

    गौतमलाई छाडेपछि सरकारी वकिलको चर्को आलोचना समेत भएको थियो ।a

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, फागुन १८, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.