×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १२ घण्टा अघि

आज कुशे औँसी
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १६ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

चाइनाले मरुभूमिलाई सौर्य ऊर्जा केन्द्रमा प्रयाेग गर्दै

  •  गोरखा समाचार
  • बिहिबार, फागुन ०७, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । चीनले अब सूर्यको किरण परावर्तित गर्ने मरुभूमिलाई ऊर्जा सङ्कलन गर्ने विशाल सौर्य फार्ममा परिणत गरेको छ । एल्युमिनियम संरचनाले सूर्यका किरण सोस्दै संसारकै सबैभन्दा ठूला सौर्य परियोजनामध्ये एक निर्माण गरेको बीबीसीले जनाएको छ ।

    वैज्ञानिकहरूका अनुसार सौर्य प्यानलहरूले छायाँ र हावाबाट जोगाउने अवरोधको काम गर्छन्, जसले घाँस संरक्षण र जमिन पुनस्र्थापनामा सहयोग पुर्याउँछ ।

    चीनको विशाल भू-भागमा नवीकरणीय ऊर्जातर्फको तीव्र रूपान्तरण स्पष्ट देखिन्छ । गान्सु र सिङ्जियाङका खुला मैदान र पहाडी क्षेत्रहरू अहिले विशाल हावा र सौर्य ऊर्जा आधारस्थलमा बदलिएका छन् ।

    टर्बाइनमुनि झिलिमिली सौर्य प्यानलहरू राखिएका छन्, जसले करोडौँ घरधुरीलाई बिजुली आपूर्ति गर्न सक्ने क्षमता बृद्धि गरेको खबरमा उल्लेख छ । विश्वकै सबैभन्दा ठूलो कार्बन उत्सर्जक भए पनि चीनले हरित ऊर्जा पूर्वाधार तीव्र गतिमा विस्तार गरिरहेको छ ।

    सन् २०२० मा राष्ट्रपति सि जिङपिङले राष्ट्रसंघमा २०३० सम्म उत्सर्जन उच्चतम बिन्दुमा पुर्याएर २०६० सम्म कार्बन तटस्थता हासिल गर्ने लक्ष्य घोषणा गरेका थिए ।

    विश्लेषकहरूका अनुसार चीनको कार्बन डाइअक्साइड उत्सर्जन पछिल्ला २१ महिनादेखि स्थिर वा घट्दो अवस्थामा छ । यसबीच अमेरिका हरित ऊर्जा प्रतिबद्धतामा पछि हटेको देखिन्छ ।

    हालै अमेरिकी प्रशासनले संघीय स्तरमा उत्सर्जन नियन्त्रणलाई समर्थन गर्ने एक महत्त्वपूर्ण वैज्ञानिक निर्णय उल्ट्याएको छ । यसरी चीन अप्रत्याशित रूपमा विश्वको नवीकरणीय ऊर्जा क्रान्तिको नेतृत्वमा पुगेको छ ।

    तर यो रूपान्तरणसँगै चुनौतीहरू पनि देखिएका छन् । अत्यधिक उत्पादनका कारण सौर्य प्यानल र प्रमुख अवयवहरूको आपूर्ति बढी भएको छ, जसले मूल्ययुद्ध र बिजुली दरमा गिरावट ल्याएको छ । यसले नवीकरणीय आपूर्ति शृंखलामा संलग्न चिनियाँ कम्पनीहरूलाई दबाबमा पारेको छ ।

    सन् २०१० मा चीन सूर्यबाट जर्मनी, स्पेन, अमेरिका, जापान, इटाली र दक्षिण कोरियाभन्दा कम बिजुली उत्पादन गथ्र्यो । तर राज्य अनुदान र ऋणमार्फत अर्बौँ डलर लगानी गर्दै चीनले विद्युतीय सवारी, ब्याट्री र सौर्य प्यानल उद्योगमा विशेष ध्यान दियो । अहिले चीनले विश्वका सबै देश मिलेर बनाउनेभन्दा बढी सौर्य प्यानल उत्पादन गर्छ ।

    आज चिनियाँ सौर्य प्यानल पाकिस्तानदेखि जमैकासम्मका छानामा देखिन्छन्, जसले विश्वको हरित ऊर्जा लक्ष्यमा चीनको अनिवार्य भूमिकालाई देखाउँछ । युरोपेली संघले भने चीनमाथि अत्यधिक उत्पादन र अनुचित व्यापार अभ्यासमार्फत प्रतिस्पर्धीलाई हटाएको आरोप लगाउँदै आएको छ ।

    अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार विश्वभर उत्पादन हुने प्रत्येक सातमध्ये एक सौर्य प्यानल एउटै चिनियाँ कारखानाबाट बन्ने गरेको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, फागुन ०७, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.