×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १२ घण्टा अघि

आज कुशे औँसी
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १६ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मिथिला मध्यमा परिक्रमा आजदेखी शुरू

  •  गोरखा समाचार
  • सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । मिथिलाको धार्मिक तथा ऐतिहासिक १५ दिने मिथिला मध्यमा परिक्रमा आजदेखि शुरू भएको छ । महाकुम्भको रूपमा चिनिने धनुषाको मिथिला बिहारी नगरपालिका–८ कचुरीको मिथिला विहारी मन्दिरबाट झाँकी, कीर्तनसहित मुख्य डोला निकालिएको हो ।

    मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादव तथा विभिन्न साधुसन्तहरूले संयुक्त रूपमा डोला मन्दिरबाट निकालेपछि परिक्रमा औपचारिक रूपमा प्रारम्भ भएको हो । यो परिक्रमा १५ दिनसम्म चल्नेछ र यसमा हजारौं साधुसन्त तथा श्रद्धालुहरू सहभागी छन् ।

    यात्राले कूल १३३ किलोमिटर दूरी तय गर्दै नेपाल र भारतका विभिन्न पवित्र ठाउँहरू पारिक्रमा गर्नेछ । परिक्रमामा १५ ठाउँमा राति विश्राम गरिन्छ, जसमध्ये अधिकांश नेपालमा र केही भारतको बिहारमा पर्छन् ।

    कचुरीबाट निस्केको डोलासहितका श्रद्धालुहरू साँझ जनकपुरधामको हनुमानगढीमा पुगेर विश्राम गर्नेछन् । जनकपुरधामको सुन्दर सदन मन्दिरबाट किशोरीजी, रामजानकी तथा अन्य मन्दिरका डोलाहरू पनि यसमा समाहित हुनेछन् ।

    हनुमानगढीबाट मंगलबारदेखि परिक्रमा पूर्ण रूपमा अगाडि बढ्नेछ । १८ओैं शताब्दीदेखि चल्दै आएको यो परम्परा मिथिला महात्म्य ग्रन्थमा आधारित छ ।

    परिक्रमा १५औं दिन जनकपुरधाममा अन्तर्गृह परिक्रमा (पञ्चकोशी) पूरा गरेपछि समापन हुन्छ र त्यसको भोलिपल्ट मिथिलाञ्चलमा होली पर्व मनाउने प्रचलन छ ।

    जनविश्वासअनुसार मन, वचन र कर्मले परिक्रमा गर्दा अनेकौं पाप तथा अन्याय नष्ट हुने, मनोकामना पूरा हुने तथा अन्ततः मोक्ष प्राप्ति हुने विश्वास गरिन्छ ।

    यो धार्मिक यात्राले नेपाल–भारतबीचको सांस्कृतिक एकतालाई पनि मजबुत बनाउँदै आएको छ । श्रद्धालुहरूले यसलाई भगवान राम र माता जानकीको मिथिला आगमनसँग जोडेर हेर्ने गर्छन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.