×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

आईसीसी टी–२० विश्वकप क्रिकेट : लगातार तेस्राे हारसँगै नेपाल समूह चरणबाटै बाहिरियाे

  •  गोरखा समाचार
  • आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालकाे लगातार तेस्राे हार संगै  समूह चरणबाटै बाहिरिएकाे छ । आज वेस्ट इन्डिजसँग पराजित भएसँगै नेपाल समूह चरणबाट नै बाहिरीएकाे हाे ।

    भारतकाे मुम्बईमा रहेकाे वानखेडे स्टेडियममा आज भएकाे खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भयाे । नेपालले दिएकाे १३४ रनकाे लक्ष्य वेस्ट इन्डिजले १५ ओभर २ बलमा १ विकेट गुमाएर भेटायाे ।

    वेस्ट इन्डिजका कप्तान शाई हाेपले नटआउट ६१, शिमरन हेटमायरले नटआउट ४६ रन बनाए । नेपालका नन्दन यादवले १ विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनाएकाे थियाे । नेपालका दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए ।

    दीपेन्द्र ४७ बलमा ५८ रन बनाएर आउट भए । यस्तै साेमपालले नटआउट २६ रन बनाए । याे विश्वकपमा नेपाली खेलाडीकाे याे पहिलाे अर्धशतक हाे । वेस्ट इन्डिजका जाेसन हाेल्डरले ४ विकेट लिए ।

    नेपालका खेलाडीले १२ वर्षपछि टी–२० विश्वकपमा अर्धशतक प्रहार गरेका हुन् । यसअघि सन् २०१४ मा नेपालका सुवास खकुरेलले अफगानिस्तानसँगकाे खेलमा अर्धशतक बनाएका थिए ।

    यस्तै याे खेलमा साेमपालले इतिहास रचेका छन् । उनी नेपालका लागि ३ वटा विश्वकप खेल्ने पहिलाे खेलाडी बनेका हुन् ।

    लगातार तेस्राे हारसँगै नेपाल टी–२० विश्वकपकाे समूह चरणबाटै बाहिरिने दाेस्राे टाेली बनेकाे छ । नेपाल पहिलाे खेलमा इङ्ग्ल्यान्डसँग ४ रन र दाेस्राे खेलमा इटालीसँग १० विकेटले पराजित भएकाे थियाे । यसअघि ओमान समूह चरणबाटै बाहिरिएकाे थियाे ।

    अब नेपालले समूह चरणकाे अन्तिम खेलमा पर्सि स्कटल्यान्डसँग खेल्नेछ ।

    वेस्ट इन्डिज भने लगातार तेस्राे जीतसँगै समूह ‘सी’ बाट ‘सुपर एट’ मा पुगेकाे छ । वेस्ट इन्डिज ‘सुपर एट’ मा पुग्ने पहिलाे टाेली बनेकाे छ ।

    टी–२० विश्वकपमा अहिले दिउँसाे सवा ३ बजे अमेरिका र नामिबिया तथा बेलुकी सवा ७ बजे भारत र पाकिस्तान खेल्दैछन् ।

    तस्वीर : क्यान

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.