×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

४२ प्रतिशत नेपाली पुरुषहरु सुर्तीजन्य पदार्थको लतमा

  •  गोरखा समाचार
  • बुधबार, माघ २८, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । नेपालमा प्रजनन उमेर समूह (१५–४९ वर्ष) का झन्डै आधा पुरुष सुर्तीजन्य पदार्थको कुलतमा रहेको पाइएको छ ।

    राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको ‘चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ अनुसार यस उमेर समूहका ४१.८ प्रतिशत पुरुष सुर्तीजन्य पदार्थको सेवन गर्छन् । सोही उमेर समूहमा महिलाको हिस्सा ५.१ प्रतिशत रहेको छ ।

    यसअघि सन् २०१९ मा गरिएको ‘नेपाल स्टेप्स सर्भे’ ले १५ देखि ६९ वर्ष उमेर समूहका ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिला सुर्तीजन्य पदार्थको लतमा रहेको देखाएको थियो । अहिलेको सर्वेक्षणमा उमेर समूहको दायरा (१५–४९ वर्ष) सीमित भएकाले तथ्याङ्कमा केही कमी देखिएको हुनसक्ने विज्ञहरूको विश्लेषण छ ।

    आर्थिक अवस्था र सुर्ती सेवनको सम्बन्ध

    सर्वेक्षणको अर्को रोचक पक्ष भनेको आर्थिक अवस्था र सुर्तीजन्य पदार्थको प्रयोग बीचको उल्टो सम्बन्ध हो । प्रतिवेदन अनुसार धनी वर्गको तुलनामा गरिब वर्गमा यसको लत बढी देखिएको छ :

    १) अति गरिब वर्ग: २५.५ प्रतिशत कुलतमा ।

    २) अति धनी वर्ग: १६.१ प्रतिशत मात्र कुलतमा ।

    १५ वर्ष नपुग्दै चुरोट तान्नेमा काठमाडौं अगाडि

    कलिलो उमेरमै चुरोटको लतमा फस्ने दर पनि डरलाग्दो देखिएको छ । देशभरको औसत हेर्दा ७.६ प्रतिशत पुरुष र २.१ प्रतिशत महिलाले १५ वर्षको उमेर नपुग्दै कम्तीमा १ खिल्ली चुरोट वा बिडी पूरै सेवन गरिसकेका छन् ।

    प्रादेशिक तथा क्षेत्रीय आधारमा १५ वर्षअघि नै कुलतमा लाग्ने किशोर-किशोरीको संख्या निम्न छ :

    १) काठमाडौँ उपत्यका : ५.५ प्रतिशत (सबैभन्दा बढी)।
    २) गण्डकी प्रदेश (ग्रामीण क्षेत्र) : ४.४ प्रतिशत ।
    ३) सुदूरपश्चिम प्रदेश (ग्रामीण क्षेत्र) : ४.१ प्रतिशत ।

    चिन्ताजनक अवस्था : १७ वर्ष मुनिकाले दैनिक २० खिल्ली बढी चुरोट तान्छन्

    सर्वेक्षणले सबैभन्दा डरलाग्दो तथ्य १५ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीहरूमा देखाएको छ । यस उमेर समूहका कुल १ हजार ८९९ सहभागीमध्ये ९.५ प्रतिशतले आफूले दैनिक २० खिल्लीभन्दा बढी चुरोट सेवन गर्ने गरेको स्वीकार गरेका छन् । यो तथ्याङ्कले विद्यालय जाने उमेरका किशोरहरूमा सुर्तीजन्य पदार्थको निर्भरता अत्यधिक रहेको पुष्टि गर्दछ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, माघ २८, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.