गाेरखा । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन तालिका अनुसार आज उम्मेदवारले आफ्नाे उम्मेदवारी फिर्ता लिने दिन हाे । उनले गएकाे ६ गते प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवारी दिएका थिए । राम्राे संग ४ दिनपनि टिक्न नसकेकाे उनकाे उम्मेदवारीकाे बारेमा गाेरखा सहित देशैभर सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणीहरु सुरु भएकाे छ ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. भट्टराईले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकर्तकाे कार्यालयले समेत पुष्टी गरेकाे छ । उनी सगै प्रलाेपाका गाेरखा क्षेत्र नम्बर १ का उम्मेदवार गाेपालबावु श्रेष्ठले समेत आफ्नाे उम्मेदवारी फिर्ता लिएका छन् ।
डा.भट्टराईलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेलगायतले अभिभावक बनेर सहजीकरण गरिदिन आग्रह गरे लगत्तै उम्मेदवारी फिर्ता लिएका हुन्। सबै पक्षबाट प्राप्त सुझाव तथा आग्रहअनुसार आफूले उम्मेदवारी फिर्ता लिएको भट्टराईले बताए ।
गोरखा–२ मा नेपालीका कांग्रेसका प्रकाशचन्द्र दवाडी, एमालेका मिलन गुरुङ (चक्रे मिलन ), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट लेखनाथ न्यौपाने, रास्वपाबाट महामन्त्री कविन्द्र बुर्लाकोटीलगायत उम्मेदवार छन् ।




















